चलचित्रको छायांकनको समयमा नायिका सुमिना घिमिरे र नव निर्देशक रोशन हमालको सम्बन्ध निक्कै नजिक थियो । सुमिना र रोशनको सम्बन्धबारे विभिन्न समाचारसमेत आए । रोशन र सुमिनालाई एउटै कोठामा भेटिएकोदेखि सपिङ गर्दा समेत नछुट्टीने हल्लाले बजार तात्यो ।
तर अहिले यि दुईको सम्बन्धमा खटपट आएको छ । रोशन लामोसमयसम्म राजेश हमालको निजी सचिवको भूमिकामा रहेका रोशन सुमिनाले अभिनय गरेको चलचित्र ‘रंग’का निर्देशक हुन् । तर चलचित्रको प्रदर्शन मिति नजिक आउँदा समेत सुमिनाले कुनै वास्ता नगरेपछि रोशन आक्रोशित छन् । चलचित्रको डविङ सकिएपछि सम्पर्क बाहिर रहेकी सुमिना अहिले पनि निर्माण युनिटसँग टाढै छिन् । अनलाइनखबरसँग कुरा गर्दै रोशनले भने, ‘बच्चा जन्माउनु मात्र ठूलो कुरा होइन, त्यसलाई पालनपोषण गर्न पनि जान्नु पर्छ । कलाकार भएपछि सिनेमा खेलेर आफ्नो काम सकियो भन्ने सोच्नु गलत हो ।’
उनले सुमिनासँग कहिले पनि आफ्नो अंतरंग सम्बन्ध नभएको दावी गर्दै अहिले आएर बिग्रियो भन्नु पनि गलत रहेको बताए । रोशन भन्छन्, ‘उहाँसँग मेरो सम्बन्ध कहिले जोडियो र विग्रियो भन्नु ?’
फागुन ४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रंग’ का अन्य कलाकारले भने उनलाई साथ दिएका छन् । चलचित्रमा सुमन सिंह, मुकेश आचार्य, दिपशिखा शाही लगायतका कलाकारको अभिनय छ ।
नायक राजेश हमालको सहयोगी भएर १४ बर्ष काम गरेपछि रोशनले ‘रंग’ को निर्देशन गरेका हुन् । यसैले पनि उनका लागि यो चलचित्र विशेष छ । अहिले नायिका घिमिरे एक निर्मातासँग सुटुक्क मलेसिया पुगेको खबरले बजार गर्माएको छ ।
0 comments:
Post a Comment