हलिउड र बलिउड नायिकाको अनुहार उस्तै (फोटो फिचरसहित)

बलिउडका केही चर्चित नायिकाहरुको अनुहार हलिउडका चर्चित नायिकाहरुसँग मिल्छ भन्ने सुन्दा तपाइलाई अचम्म लाग्न सक्छ । तर बलिउडका चर्चित नायिकाहरुको अनुहार हलिउड चर्चित नायिकाहरुसँग मिलेको देखिन्छ । यो सूचिमा सुन्दर नायिका कटि्रना कैफ देखि करिना कपुरसम्म पर्छन् । नायिका करिना कपुरको अनुहार हलिउड नायिका पेरिस हिल्टनसँग मिल्दोजुल्दो छ । यि दुइको तस्बिर झट्ट हेर्दा जो कोही पनि झुक्किन सक्छ ।यस्तै नायिका कटि्रना कैफको अनुहार हलिउड नायिका कैमिला बैलेसँग मिलेको छ ।अर्की सुन्दर नायिका प्रीति जिन्टाको अनुहार हलिउड नायिका डू बैमरसँग मिल्छ । यि दुइलाई देख्दा पनि जोकोही झुक्कन सक्छ ।नायिका दिया मिर्जाको अनुहार त हलिउड नायिका एनी हैथवेसँग हुबहु मिल्न गएको छ ।बलिउडमा हट नायिकाको नामले परिचित इशा गुप्ताको अनुहार हलिउडकी चर्चित नायिका एंजेलिना जोलीसँग मिलेको छ ।विश्वमा केही अनुहारहरु उस्तै रहेको तथ्य सार्वजनिक भइरहेको समयमा हलिउड र बलिउडका नायिकाहरुको अनुहार मिल्न जानुलाई संयोग मान्न सकिन्छ ।

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger