काठमाडौं – बाबुआमा कस्ता थिए उनलाई सम्झना छैन । न अनुहार याद छ न त उनीहरुको माया, ममता नै अनुभव गरिन् उनले । उनले थाहा पाउन थाल्दा उनीप्रति घृणा र तिरस्कार सुरु भईसकेको थियो गाउँले र आफन्तको ।
त्यतिबेला खेपेको अपमान अहिले पनि उनलाई झल्झली याद छ । गाउँमा अरु केटाकेटीलाई उनीसँग खेल्ने अनुमति थिएन । भन्छिन् ‘ए त्यसलाई त एचआईभी लागेको छ, नखेल्नु भन्थे । फुपुले पनि बाहिर बाहिर माया गरेजस्तो गर्ने, भित्र भित्र घृणा गरेको म बुझ्थें । यो सवै देख्दा मेरो मन रुन्थ्यो तर भन्नु कसलाई ? मेरो कोहि पनि त थिएन ।’ तीन बर्ष अघिको घटना संझिंदा अहिले पनि उनको गह भरिएर आउँछ । तर आँशु यसअघि नै धेरै बगिसक्यो, त्यसैले मन दह्रो पार्न सिकिसकेकी छिन् उनले ।
मुख्यगरी नेपालको सुदुर पश्चिमका पहाडी जिल्ला डोटी, डडेलधुरा, बैतडी तथा मध्यपश्चिमका केहि पहाडी जिल्लामा एचआईभी संक्रमितको संख्या धेरै छ । रोजगारीका लागि भारत पस्नेहरु घर फिर्दा परिवार पाल्ने दुईचार पैसा मात्र बोकेर फर्किदैनन्, कतिपयले एचआईभीको भाईरस समेत शरीरमा लिएर फर्किन्छन् । त्यसैले सुदुर र मध्य पश्चिमका केहि पहाडी जिल्लामा बिगत केहि बर्षयता नै एचआईभी र एड्सले डढेलोको रुप लिईरहेको छ ।
तर कुरा धेरै दिन लुकेन । कक्षा १ मा पढ्दै गर्दा बिद्यालयका प्रधानाध्यापकले यो कुरा थाहा पाएपछि उर्मिलाका लागि आफ्नै गाउँको त्यो स्कुलको ढोका सधैंका लागि बन्द भयो । ‘सरले तिमिलाई त एचआईभी लागेको रहेछ, भोलीदेखि नआउनु् भन्नुभयो । घरमा गएर यो कुरा आमालाई भनें, आमाले भैगो भोलीदेखि नजाउ भन्नुभयो’ कीर्तिपुरमा रहेको सफलता शिक्षा सदनमा बसेर तीन बर्ष अघिको यहि कुरा संझिंदै गर्दा उनका आँखाबाट आँशुका धारा बगिरहेका थिए ।
तर १० जना मात्रै भएपनि बालबालिकालाई पालनपोषण गर्न र उनीहरुलाई पढाउन सजिलो छैन । माया लागेर ल्याएका बालबालिकालाई पाल्ने र पढाउने खर्च जुटाउन नसकेपछि राजकुमारले गएको बर्ष आफ्ना बाबुआमाका लागि भनेर बनाएको दुईतल्ले पक्की घर ३० लाखमा बेच्नु भयो । उमाले चलिरहेको कस्मेटिक पसल पनि बेचेपछि रकमको जोहो भएको छ । अहिले त्यहि घरमा महिनाको १५ हजार भाडा तिरेर बसिरहेका उनीहरुलाई डर छ यो घर छोड्नु परेमा कहाँ जाने ? राजकुमार भन्नुहुन्छ ‘एचआईभी संक्रमित बालबालिका भनेपछि कसैले घर भाडामा दिनै मान्दैनन् ।’
बैतडीकी १० बर्षे मञ्जु चन्दले आफ्नो उमेरको चौबर त दुःख, हण्डर नै खेपिन् होला । त्यसैले त उमेर भन्दा परिपक्व भएकी छिन् उनी । भारतमा काम गर्ने बाबुले आमालाई सारेको एचआईभीले उनीहरु दुबैलाई उमेरदार हुँदै मृत्युको मुखमा मात्रै पुर्याएन जन्मँदै एचआईभी संक्रमित भएकी मञ्जुको जीवनलाई संघर्षपूर्ण समेत बनाईदियो ।
एचआईभी संक्रमित हुनु र सानैमा अभिभावक गुमाउनुको पीडा मञ्जुले निकै भोगेकी छिन् । उनी भन्छिन् : ‘बुवाआमा बितेपछि फुपुले मलाई दार्चुला लिएर जानुभयो । एकचोटी म बिरामी परें । जँचाउँदा मलाई पनि एचआईभी भएको पत्ता लाग्यो । त्यसपछि गाउँले र फुपुले पनि घृणा गर्न थाले ।’
कीर्तिपुरको भत्केपाटीमा बेबी लाईफ होममा बसिरहेकी मञ्जु जस्तै सवै १० जना बालबालिकाका आ–आफ्नै कथा छन् । उनीहरुको बिगत खासै फरक छैन, केवल उनीहरु आएको ठाउँ मात्र फरक हो । सवैजसोका बाबु कमाउन भारत गएका थिए, एचआईभी संक्रमित भएर फर्केपछि उनीहरुको परिवारको उठिबास लाग्यो ।
त्यसै पनि परिवारको मूली गुमाउनुको पीडा कम हुन्न । त्यसले धेरै बालबालिकालाई वेवारिसे बनाईहाल्छ । अभिभावक गुमाएका एचआईभी संक्रमित बालबालिकाको समस्या त अझ चर्को छ । आफन्त र छरछिमेकीले गर्ने व्यवहार उनीहरुप्रति सामान्य हुन्न । त्यसैले धेरैले आफु वा आफ्ना बालबालिकालाई एचआईभी संक्रमण भएको कुरा सकेसम्म लुकाउन खोज्छन् ।
दाङकी उर्मिला अर्याल भर्खर ९ बर्ष पुगिन् । तर समस्याले उनलाई पनि उमेर भन्दा धेरै जेठो बनाएको छ । ‘म गाउँको स्कुलमा पढ्दा एआरभीको औषधी त खान्थें तर त्यो कुरा अरुलाई भन्दिनथें । कसैले थाहा पाएमा स्कुलबाट निकालि हाल्थे । त्यसैले कसैले तिमि के को औषधी खान्छौ भनेर सोध्दा सिटामोल हो भनेर ढाँट्थें ।’ उनको यहि भनाईले प्रष्ट हुन्छ संक्रमितहरु कसरी एचआईभी संक्रमणको कुरालाई लुकाउने प्रयास गर्छन् भनेर ।
तर जहाँ समस्या त्यहाँ उपाय पनि हुन्छ, जहाँ तिरस्कार त्यहाँ माया गर्ने पनि भेटिन्छन् । उर्मिला र मञ्जुले खेपेको हण्डर र उनीहरु अलपत्र परेको खवर एउटा पत्रिकामा पढेपछि त्यसले तान्यो काठमाडौंकी उमा गुरुङलाई । उहाँले त्यो खवर देखाउनु भयो आफ्ना साथी राजकुमार पुनलाई । दुवैजनाको मतो मिल्यो र उहाँहरुकै साथ लागेर मञ्जु, उर्मिला लगायतका बालबालिका आईपुगे काठमाडौं उपत्यकामा ।
तर एचआईभी संक्रमितहरुलाई गरिने बिभेद दुरदराजका गाउँहरुमा मात्र छैन । कीर्तिपुरमा पनि बिभेदको बार छँदैथियो । जव उनीहरुलाई बिद्यालयमा भर्ना गर्न खोजियो कीर्तिपुरका कुनै पनि नीजि र सरकारी बिद्यालयले उनीहरु एचआईभी संक्रमित हुन् भन्ने थाहा पाएपछि भर्ना लिन मानेनन् । एचआईभी शिक्षा सदनका संस्थापक अध्यक्ष रहेका राजकुमार पुन भन्नुहुन्छ ‘यस्ता बालबालिकालाई भर्ना गरेमा हाम्रो स्कुलका अरु बिद्यार्थी निकाल्छन्, हाम्रो व्यापार बिग्रिन्छ भनेर कसैले पनि हाम्रा बालबालिकालाई भर्ना गरेनन् ।’ त्यसपछि ति बालबालिकालाई पढाउन बैकल्पिक बिद्यालयका रुपमा दर्ता गरियो एचआईभी शिक्षा सदन ।
हुन त अहिलेसम्म यी बालबालिकाका लागि अरुको खासै सरसहयोग छैन । उनीहरुका बारेमा पत्रपत्रिका, रेडियो र टीभीमा सुनेका, पढेका र देखेकाहरुले आफ्ना जन्मदिन पारेर ल्याईदिने केहि चामल, दाल, तेल र लत्ताकपडा नै उनीहरुले पाएको सवैभन्दा ठूलो सहयोग हो ।
भनिन्छ मान्छे पढेर भन्दा धेरै परेर जान्दछ । १० बर्षकी मञ्जुकी एउटी दिदि काठमाडौंमा नै बस्छिन् । बिवाह गरेर आएकी उनले मञ्जुलाई गएको दशैंमा लिन आउँछु त भनिन् तर आईनन् । त्यसैले मञ्जुको चित्त साह्रै दुखेको छ । तर पनि मञ्जुले यस्ता कुरामा चित्त बुझाउन जानिसकेकी छिन् । भन्छिन् ‘दिदि नआएर के भो त ? मलाई खान दिनु भएको छ, बस्न दिनु भएको छ । मेरा लागि त बुवाआमा भनेको राजकुमार सर र उमा म्याम नै हो ।’
सपना आखिर कसका हुन्न् र ? सफलता एचआईभी शिक्षा सदनमा पढिरहेका ३ बर्षदेखि १० बर्षसम्मका यी १० जना बालबालिकाका पनि आ–आफ्नै सपना छन् । उर्मिला भविष्यमा राम्रो नृत्यँगना बन्न चाहन्छिन् अनी प्रकाश भण्डारी डाक्टर । मञ्जु चै बाँचिरहे राजकुमार र उमाकै बींडो थाम्छु भन्छिन् । तोते बोली बोल्ने तीन बर्षे सिर्जना खड्का हुन् वा एचआईभीका बारेमा खरर्रर्र भन्न सक्ने मञ्जु, मायाले दिएको ओत लाग्ने बास र पेटभरी गाँसले उत्तिकै हाँसीखुशी छन् जति अरु बालबालिका ।
हेर्नुहोस् एचआइभी संक्रमित बालबालिका, उनीहरुले भोगेको तिरस्कार र पाएको आश्रय बारेको भिडियो रिपोर्टः
सुन्नुहोस् अडियो रिपोर्ट:
Download Audio
