१९ माघ, लण्डन । बेलायतका लागि संयुक्त अधिराज्यका राजदूत डा. सुरेश चन्द्र चालिसे संयुक्त अधिराज्यको Grassroot Diplomat अवार्डवाट सम्मानित हुनु भएको छ ।
बिहिवार Westminster मा भएको एक भव्य कार्यक्रमा राजदूत डा. चालिसे सहित ६ जना विशिष्टि व्यक्तिहरुलाई विभिन्न ३ वटा विधामा सो अवार्ड प्रदान गरिएको थियो । सो अवार्ड पाउने अन्य व्यक्तिहरुमा Conservative पार्टीका सांसद Robert Buckland, Labor Party का सांसद Debbie Abrahams, House of Lord का सदस्य Baroness May Blood MBE, बेलायतका लागि ब्राजिलका राजदूत H.E. Roberto Jaguaribe र Colombia का राजदूत H.E. Mauricio Rodriguez Munera हुनुहुन्छ ।
अवार्ड प्राप्त गरेपछि कार्यक्रममा वोल्दै राजदूत डा. चालिसेले भन्नु भयो “विश्वमै परिश्रम र अनुशासनका लागि परिचित रहेका गोर्खाली नेपालीहरुलाई बेलायती समाजमा समायोजन गराइनु अपरिहार्य रहेको छ ” Grassroot Diplomat ले आफनो कार्यको कदर गर्दै अवार्ड प्रदान गरेकोमा उहांले खुसी व्यक्त गर्नु भयो र भन्नु भयो “बेलायतमा वसोवास गरी रहेका विभिन्न आर्थिक सामाजिक र सांस्कृतिक पहिचान वोकेका नेपालीहरुलाई बेलायती समाजमा समायोजन गराउन यस अवार्डले दूतावास र मलाई अझ उत्साहित गर्ने छ ” ।
सो अवार्डका लागि बेलायत स्थित उच्च्स्तरीय राजनीतिज्ञ, सरकारी पदाधिकारीहरु तथा कुटनीतिज्ञहरु गरी ५० जना मनोनित हुनु भएको थियो ।
यस पुरस्कारका लागि Conservative पार्टीका सांसदहरुRobert Buckland, Zac Goldsmith, Richard Ottaway, Mark Grainer, Helen Grant, Nadhim Zahawi, Caroline Dineage, James Duddridge, Richard Harrington र Golden Henderson Labor Party का सांसदहरु Tom Watson, Jermy Corbyn र Debbie Abrahams तथा House of Lord का सदस्हरु Lord Tim Clement-Jones, Lord Diljit Rana, Baroness May Blood MBE र Baroness Dorothea Gelnes Thornton मनोनित हुनु भएको थियो । यसैगरी Consellor Chris Maines, Rajwant Singh Sidhu र Lindsey Hall तथा वेलायतका लागि ब्राजिल कोलम्विया, अर्जेन्टिना, फिनल्याण्ड, फिलिपिन्स, होण्डुरस, मल्डोभा, स्लोभानिया र इजरायलका राजदूतहरु पनि सो अवार्डका लागि मनोनित हुनुभएको थियो ।

0 comments:
Post a Comment