यहाँको एक पर्यटकका साथमा भएको चोरीको घटना सुन्नुभयो भने तपाइँ एकपटक त अचम्ममा अबस्य पनि पर्नुहुनेछ । यो चोर मानिस नभएर एक पंक्षी थियो । समाचार अनुसार न्यूजील्याण्डबाट एक परिवार छुट्टि मनाउनका लागी लण्डन आएका थिए । घुमफिरका क्रममा उनीहरू एक स्थानमा तश्विरहरू खिचिरहेका थिए । उनीहरूले आफ्नो कार हाइवेको किनारामा राखेका थिए । सबैजना फोटो खिच्नमा उनीहरू ब्यस्त थिए । त्यस क्षेत्रको वातावरण निकै सुरक्षित देखेर उनीहरूले उक्त कारलाइ लक नगरी छोडेका थिए । यसैबिच एउटा सूगा उड्दै उक्त कारमा आयो । जब सम्म उक्त परिवारले केही सोच्न समेत भ्याएका थिएनन कि उक्त सूगा कारभित्र पस्यो र त्यहाँ रहेको बाहिर राखेको पैसा भरिएको पर्स लिएर उड्यो ।
जब उनीहरूले यस प्रकारको अनौठो घटनाको सूचना प्रहरीलाइ दिए । त्यसपछि त झन प्रहरीनै असमन्जस स्थितिमा पुगे । अब उक्त चोर सूगालाइ खोज्न प्रहरी कुन ठाउँमा जाने होला ? यस प्रकारको चोरीले अहिले निकै चर्चा पाएको छ । मानिसहरूले त चोर्नु ठुलो कुरा हैन तर अब पंक्षीहरू समेत चोरी गर्न थालेपछि कसरी सुरक्षित हुने होला ।

0 comments:
Post a Comment