मलेसियामा १० वर्षमा २ हजार नेपालीको मृत्यु


१८ फागुन, क्वालालम्पुर । मलेसियामा नेपाली कामदारको मृत्युको समाचार नयाँ र अनौठो होइन । हरेक दिनजसो कम्तिमा एक नेपालीको ज्यान जाने गरेको मलेसियामा गत हप्तामात्रै पाँचजनाले ज्यान गुमाएका छन् । तथ्यांक अनुसार विगत १० वर्षयता मलेसियामा २ हजार ४५ जना नेपालीले ज्यान गुमाइसकेका छन् । मृत्यु हुने सबैको कथा-व्यथा उस्तै छ, कोही कम्पनीमा काम गर्दागर्दै त कसैको अस्पतालमा उपचारका क्रममा मृत्यु हुने गरेको छ । केही नेपालीले आत्महत्या समेत गरेका छन् । मलेसियाबाट प्रकाशित हुने द सन दैनिक पत्रिकाले नेपाली दुतावासलाई उद्धृत गर्दै जनाएअनुसार सन् २००३ देखि गत वर्ष सम्म २ हजार ४५ जना नेपालीको मृत्युभएको उल्लेख गरेको छ ।
क्वालालम्पुरवाट नजिकै रहेको केलाङको एक कम्पनीमा कार्यरत खोटाङका २३ वर्षीय सिगराज राईको यसैसाता केलाङ अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ । अवैधानिक रहेर काम गरिरहेका उनी विरामी परेपछि साथीहरुको सहयोगमा अस्पताल भर्ना भएका थिए । एक वर्ष अगाडि मलेसिया आएका उनी अवैधानिक रुपमा काम गरिरहेका थिए । हाल उनको शव पोसमार्टका लागि केलाङ अस्पतालमै राखिएको छ । अवैधानिक रहेका कारण शव नेपाल पठाउन समस्या परेकेा युवक तामाङले अनलाइनखवरलाई जानकारी गराए ।
त्यस्तै पेनाङमा रेलको पटरीमा अर्का एक नेपालीले आत्महत्या गरेका छन् । फेवु्रवरी २४ तारिखका दिन उनले आत्महत्या गरेको मलेसियाको सञ्चार माध्यमहरुले जनाएका छन । जोड गतिले आइरहेको रेलको लिकमा उनी जादा रेलले किचेको बताइएको छ । मृतकको सनाखत हुन नसके पनि उनका साथमा नेपाली भाषामा लेखिएको कागज भेटिएकाले उनी नेपाली रहेको खुलेको हो । उनको टाउको किचिएकाले भएकाले पहिचान हुन नसकेको स्रोतहरुले जनाएका छन् । केही नेपालीहरु आफ्ना कोही साथी पो परे कि भनेर खोजिनीति गरिरहेका छन् । हाल उनको शव पोसमार्टमका लागि पेनाङ अस्पतालमा राखिएको छ ।
यसैगरी पुलाउ पेनाङको सुगाइवेकापमा रहेको सिङ सोग कम्पनीमा कार्यरत नवलपरासी अन्दाजी १८ वर्षका प्रदीप कुर्मीले झुण्डिएर आत्महत्या गरेका छन् । आफुलाई कम्पनीमा काममा लगाउने वंगलादेशी सुपरभाइजरले निकै नै दुख दिने गरेका कारण उनले आत्महत्या गरेको अनुमान गरिएको छ । त्यस्तै क्वालालम्पुर भन्दा करीव चारघण्टा टाढा पर्ने टाइपिनमा पनि एक नेपालीको ज्यान गएको छ । पर्सा जिल्ला सुनवास वैरिया गाविस वडा न ७ घर भएका २१ व्ाषर्ीय सुरज माझीको उपचारका क्रममा ज्यान गएको हो । पाचँ महिना अगाडि मात्रै रोजगारीका लागि मलेसियाको टाईपिन सिम्पाङमा रहेको कम्र्फोट रबर ग्लोव कम्पनीमा कार्यरत सुरेश केसीले घटनाबारे अनलाइनखबरलाई जानकारी गराएका छन् ।
क्वालालम्पुरमा मंगलवार अर्का एक नेपालीको ज्यान गएको छ । सानेपा घर भई मलेसियाको एक रेमिटान्स कम्पनीमा कार्यरत रोशन श्रेष्ठको उपचारका क्रममा ज्यान गएको हो । सामान्य विरामी भएका श्रेष्ठ उपचारका लागि आफैं अस्पताल पुगेका थिए । अस्पतालमा उपचार भैरहेको अवस्थामा उनको ज्यान गएको हो ।


0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger