नेपाली युवाले अश्लील भिडियो खिचेर बार्गेनिङ

--> ४ जेठ, काठमाण्डौं । नेपाली युवाले विदेशमा गएर काम नपाएको धेरै गुनासो आइरहेका बेला नेपाली युवाहरु विरुद्ध पनि उजुरी आउनेक्रम बढेको छ । नेपाली केही युवाले विभिन्न अपराधिक क्रियाकलाप गरेका कारण उनीहरु विरुद्ध उजुरी आउन थालेको अन्नपूर्ण पोष्टमा खबर छ । लमजुङ भोटेओडार ८ का बिजेन्द्र थापा दुवईको एक व्यापारी मिरवाइज अजिजीको निजी सचिवालयमा सहयोगीका रुपमा काम गरेका थिए । केही समयअघि उनी विभिन्न बाहाना बनाएर स्वदेश फर्किए । उनी फर्किएको केही महिनापछि गत पुसमा अजिजी नेपाल आएर थापा विरुद्ध प्रहरीमा उजुरी हाले । माघ २ मा पक्राउ परेका थापाले घटनाको रहस्य यसरी खोले, ‘अजिजीले पीएसँग यौन क्रि याकलाप गरेको भिडियो मैले खिचेको थिएँ ।
उक्त कम्पनीमा कार्यरत रहँदा चियासहित आवश्यक सामान लिएर अजिजीको कार्यकक्षमा निर्वाध प्रवेश गर्न सकने थापाले अजिजी र उनकी टर्किस पीएबीचको यौन क्रियाकलापको २२ मिनेटको भिडियो मोवाइलमा खिचेका थिए । यसपछि उक्त भिडियो लिएर नेपाल फर्किएका थापाले नेपालबाटै अजिजीसँग रकमको बार्गेनिङ थालेका थिए । यो प्रकरणमा अनुसन्धान गरिरहेका नेपालका प्रहरी केन्द्रीय अनुसन्धान व्युरो प्रमुख डीआईजी केशबहादुर शाहीले भने, ‘थापाले अश्लील भिडियो खिचेर ब्ल्याकमेल गरी पैसा असुल गर्ने नियत बनाएको देखिन्छ ।
यसरी रोजगारीका लागि विदेश गएका केही नेपाली कामदार छिटो कमाउन आपराधिक गतिविधिमा संलग्न हुँदा इमानदार कामदारलाई भने नियमित काम गर्न समस्या हुने गरेको छ ।
-->

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger