ट्रकमा मोटरसाइकल ठोक्किदा २ को ज्यान गयो

--> सुनसरी, जेठ ४ – मोरङको उर्लाबारीमा शुक्रबार राति ट्रक र मोटरसाइकल ठोक्किदा २ जनाको ज्यान गएको छ । १ जना गम्भीर घाइते भएका छन् । को १३ प १४३७ नम्बरको मोटरसाइकल वा २ ख ५२६२ नम्बरको ट्रकमा ठोक्किदा मोटरसाइकलमा रहेका उर्लाबारी ४ का योगेन्द्र कटुवाल र बिमल धितालको ज्यान गएको हो । कटुवालको उपचारका लागि बिराटनगर लैजाँदै गर्दा र धितालको बिराटनगरको न्यूरो अस्पतालमा उपचारका क्रममा ज्यान गएको उर्लावारी प्रहरीले जनाएको छ । अर्का घाइते निरज शाहको बिराटनगरमै उपचार भइरहेको छ ।

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger