Sunday
May 19

श्रीमतीको गुप्तांगमा ताल्चा ठोक्नेलाई १० वर्ष जेल


आफ्नी श्रीमतीको गुप्तांगमा ४ वर्षसम्म ताल्चा लगाइदिने एक मुर्ख तथा सनकी पुरुषले अब १० वर्ष जेलको हावा खानुपर्ने भएको छ । ती पुरुषले १० वर्ष कैद मात्र होइन १६ सय रुपैयाँ जरिवाना समेत तिर्नुपर्नेछ । खबर भारतको मध्यप्रदेशको हो । इदरिस नगको मूसाखेडीका नत्थुलालले आफ्नी श्रीमतीको गुप्तांगमा ताल्चा मारेको आरोपमा स्थानीय अदालतले उनलाई कैद तथा जरिवानाको सजाय सुनाएको हो ।

गएको जुलाई महिनामा नत्थुलालले आफ्नी श्रीमतीको गुप्तांगमा ताल्चा मारेको खुलासा भएको थियो । लोग्नेको यातना बाहिर भन्न नसकि विष खाएर
मर्नका लागि विष सेवन गरेकी अभियुक्तकी पत्नीलाई उपचारका लागि अस्पताल लगियो । अस्पतालमा उपचारका क्रममा चिकित्सकहरुले उनको योनीमा ताल्चा लगाइएको थाहा पाए । होसमा आएपछि ती महिलाले डाक्टरहरुसँग आफ्नो गुप्तांगमा लागेको ताल्चाको फेहरिस्त कहँदै आफुमाथि लोग्नेले शंका गरेर
४ वर्षदेखि योनीमा ताला लगाइदिएको बताएकी थिइन् । घटना सार्वजनिक भएपछि प्रहरीले ती महिलाका श्रीमान नत्थुलाललाई पक्राउ गरेको थियो र उनी विरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो । अदालतमा सुनुवाइका क्रममा ती पीडित महिलाले आफ्नो श्रीमानले गल्ती गरेको भएपनि उसलाई छाडिदिन र माफी दिन न्यायाधीश सँग अनुरोध गरेकी थिइन् । तर अपराधको गम्भीरतालाई मध्यनजर गर्दै न्यायाधीशले नत्थुलाललाई सफाइ दिन अस्विकार गरे ।


0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger