सन् १९८६को विश्वकप फुटबलको क्वाटरफाईनलमा चिरपरिचित प्रतिद्वन्दी ईङल्याण्ड र अर्जेन्टिना बिचको खेलमा डिएगो म्याराडोनाले गरेको ‘हाते’ गोलको (Hand Of God) अहिलेसम्म विवादमा नै छ। उक्त खेल अर्जेन्टिनाले २-१ गोलको अन्तरले ईङल्याण्डलाई हराएको थियो। खेलको ५१औ मिनेटमा अर्जेन्टिनाका चर्चित खेलाडी म्याराडोनाले हानेको गोल जुन टाउकोले नछोई हातमा लागेर गोल भएको थियो।
त्यस खेल हेरिरहेका मध्य २ निर्णायक रेफ्री र लाईन्सम्यान बाहेक सबैले उक्त गोल हातले गरेको देखेका थीए तर देख्नु पर्नेले नदेखे पछी उक्त गोललाई मान्यता दिईएको थियो। पछी गोलको बारे म्याराडोना त्यो ’भगवानको हात’ भन्ने प्रतिकृया दिएका थिए। १९८६को विश्वकपमा म्याराडोनाले उत्कृष्ट खेलाडिको उपाधी ‘गोल्डेन बल’ पाएका थिए। खेलमा ५४औ मिनेटमा म्याराडोनाले नै गरेको दोस्रो गोल सन् २००२मा ‘शताब्दीको गोल’को रुपमा फिफाले घोषणा गरेको थियो।
सन् १९८६को विश्वकपमा ईङल्याण्ड र अर्जेन्टिना बिचको क्वाटरफाईनलमा डिएगो म्याराडोनाले गरेको हाते
गोलको भिडियोको झलक:
भिडियो हेर्न तलको बक्सको बिचमा क्लिक गर्नुहोस

0 comments:
Post a Comment