कांग्रेस नेताहरुको कार्यालयमै भान्सा

१४ असोज, काठमाण्डौं । संविधानसभा निर्वाचनको उम्मेदवार टुंगो लगाउन खटिएका नेताहरुका लागि नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामै भान्सा चलाएको छ । संसदीय समिति गठनसँगै गत मंगलबारबाट बिहानको खाना केन्द्रीय कार्यालयमै
खाइरहेका नेताहरुले आइतबार भने रातिको खाना पनि कार्यालयमै पकाउन लगाए । सभापति र वरिष्ठ नेता शेरबहादुर देउवा दुवै पक्ष ३/३ जना सहयोगी लिएर सूची तयार गर्न समितिको बैठकमा सहभागी थिए ।
रातिको खानाअघि ६५ जिल्लाका उम्मेदवारको सूची समितिले टुंगो लगाएको थियो । बढी विवाद रहेको काठमाण्डौं, नुवाकोट, तनहुँ, बारा, धनुषा, सोलुखुम्बुसहित १० जिल्लाका उम्मेदवार टुंगो लगाउन बाँकी रहेको समितिका एक सदस्यले बताएको नागरिक दैनिकमा खबर छ । सबै उम्मेदवारको नामावली तयार पारेर मात्र बैठक समापन गर्ने भनिएपनि फेरि बस्ने गरी बैठक टुंगिएको थियो ।

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger