Monday
September 23

एकै ओभरमा आकाशले हाने ६ छक्का

८ असोज, काठमाण्डौं । चितवनका आकाश थापा एकै ओभरमा ६ छक्का हान्ने पहि
लो नेपाली खेलाडी बनेका छन् । पोखरा क्षेत्रीय (क्षेत्र नम्बर ८) छनोट ट्वान्टी-२० प्रतियोगितामा आकाशले सोमबार स्याङ्जा विरुद्धको विश्व क्रिकेटमै दुर्लभ कीर्तिमान बनाएका हुन् ।
‘पहिलो बल लुज आयो, दोस्रो ओभर पिच । त्यसमा ओभर स्टेप गरेर छक्का हानेपछि आत्मविश्वास बढ्दै गयो,’ आकाशले पोखराबाट नागरिकसँग टेलिफोनमा भने ।
गत वर्ष कास्कीविरुद्ध एक खेलमा पाँच छक्का हानेको उनले थपे, ‘नन स्ट्राइकमा सिनियर खेलाडी अमृतदाई (श्रेष्ठ) हुनुहुन्थ्यो । पहिलो छक्कापछि उहाँले राम्रोसँग बल हेरेर खेल भन्नुभयो । दोस्रोमा छक्का हानेपछि छ छक्का हान्न सक्छस् भनेर हौस्याउनुभयो ।’
आकाशले १० औं ओभरका सबै बलमा रिकेश गुप्तालाई छ छक्का प्रहार गरेका हुन् । पोखरा नगरपश्चिम प्रशिक्षण केन्द्र मैदानमा आकाशले ३८ बल खेली ८६ रन बनाएको नागरिक दैनिकमा खबर छ ।

1 comments:

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger