Wednesday
September 4

कम्प्युटरमा नेपाली टाइप गर्ने सहज र सरल उपाय

यो जमाना भनेको कम्प्युटरको जमाना हो ! जहाँ जता पनि कम्प्युटरमा काम हुन्छ ! यो त नर्मल कुरा नै भैसक्यो तर हामि नेपाली लाइ के अफ्टेरो छ भने सबैले नेपाली टाइप सिकेका हुँदैनौ ! बिभिन्न सामाजिक संजाल हरुमा अरुले नेपाली मा लेखेर स्टाटस अपडेट गर्छन तर आफु चाहिं रोमन मा गर्नु पर्ने बाध्यता हामि धेरैको छ ! त्यसैले आज मैले यहाँ नेपाली लेख्ने सबै भन्दा सजिलो तरिका सिकाउदैछु , जसको लागि कुनै टाइप गर्ने तालिम को आबश्यकता छैन ! मात्र तपाई रोमन लेखनमा पोख्त हुनु पर्ने छ !
जस्तै : "मेरो" भनेर लेख्नु पर्यो भने कतिपय  साथीहरुले Maro लेख्नु हुन्छ , तर  रोमन भाषामा यो गलत हुन्छ ! मेरो लेख्न Mero टाइप गर्नु जरुरी छ !
अब कसरी गर्ने त नेपाली टाइप ? स्टेप बाइ स्टेप सिक्नुहोस सजिलो हुने छ
तल १ नम्बर देखि अन्त्य सम्म ध्यान दिएर पढ्नुहोस र लेखेको अनुसार काम गर्नुहोस है त :)
१. यहाँ क्लिक गर्नुहोस ! तल दिइएको जस्तो पेज खुल्ने छ ! 

२.अब यो फोटोमा जेजे भनिएको छ त्यहि त्यहि गर्नुहोस ! डाउनलोड हुने छ , डाउनलोड भइसकेपछी Run गर्नुहोस ! यो Input tool इन्स्टल हुन नेट चाहिन्छ त्यसैले तपाइको नेट स्पीड अनुसार चांडो ढिलो यो इन्स्टल हुन समय लाग्ने छ ! 
4.इन्स्टल भैसकेपछी यो tool तपाइको कम्प्युटरको task-bar  मा गएर बस्ने छ , तल को फोटोमा जस्तै ! अनि तपाइलाई मन लागेको भाषा छानेर टाइप गर्न सक्नु हुन्छ  !
५.यसरी नै हो नेपाली टाइप गर्ने ! यसरी पनि क्लियर हुनु भएन भने छिटै भिडियो बाट देखाउने छु :) 
    यो post लाइ लाइक र शेयर गर्नुहोस है त  ! 
पोस्ट: नेट हन्टर द्वारा ! नेट हन्टर संग फेसबुकमा   भेट्न यहाँ क्लिक गर्नुहोस 


0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger