मिस चितवनको ताज सितोष्नालाई

मिस चितवन-२०७०को ताज सितोष्ना वनले जितेकी छन्। रत्ननगर ४ की स्याथी निवासी सितोष्नाले २७ प्रतियोगिलाई उपाधी जितेकी हुन्। सोमबार पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले सितोष्नालाई ताज पहिरिदिएकी थिइन्। उपाधीसँगै उनले एउटा स्कुटर पनि उपहार पाएकी छिन्।

प्रतियोगिताको टप फाइभमा सितोष्नासँगै रिदम अधिकारी, पुजा श्रेष्ठ, रक्षा थापा र निशा थापा परेका थिए। प्रतियोगिताको फष्ट रनर अप पुजा श्रेष्ठ र सेकेण्ड रनरअप रक्षा थापा भइन्। फस्ट रनरअप पुजाले २५ हजार नगद र सेकेण्ड रनरअप रक्षाले १० हजार नगद सहित विभिन्न उपहार जितेकी छिन्।

प्रतियोगितामा बेष्ट पर्सनालिटी अवार्ड पुजा श्रेष्ठ, बेष्ट फिगर रक्षा थापा, बेष्ट ड्रेस निशा थापा, फ्रेन्ड सिप प्रियंका कार्की, स्कीन मेलिना अधिकारी र पपुलर अवार्ड भिक्टोरिया कार्कीले हात पारेका थिए। त्यस्तै, बेष्ट स्माइल सविना कार्की, क्याटवाक आरती राई, ट्यालेन्ट भिक्टोरिया कार्की, स्टाईलिस सितोष्ना बन, मल्टी मिडिया अनिसा श्रेष्ठ, डिसिप्लेन मनिषा श्रेष्ठ, ब्युटीफुल हेयर स्टाइल एरिना घले र मिस फोटो जेनिकको उपाधि पुजा श्रेष्ठले जित्न सफल भइन। प्रतियोगिताको कोरियोग्राफी सन्जित श्रेष्ठले गरेका थिए भने ब्राइट नेपाल डट कमले कार्यक्रम आयोजना गरेको थियो।

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger