ग्यास पसलमा ८ ग्यास सिलिन्डिर विस्फोट, १३ वर्षीय किशोरीको मृत्यु I

जनकपुर, असोज १५ । जनकपुर स्थित आनन्दनगर ४ मा ग्यास सिलिन्डर पसलमा आगो लगेपछि सिलिन्डर विस्फोट हुँदा १३ वर्षीय किशोरीको मृत्यु भएको छ।  पसले श्याम साहकी १३ वर्षीय छोरी रानीकुमारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले ज
नाएको छ। श्यामकी श्रीमती आमा उर्मिलादेवी साह गम्भीर घाइते भएकी छिन्।  उपचारका लागि उनलाई जनकपुर अस्पतालमा पुर्‍याइएको छ। श्रृङ्खलाबद्ध रुपमा ग्यास सिलिन्डर विस्फोट भएपछि घटनास्थललाई सुरक्षाकर्मीले घेराबन्दी गरेका छन्।  आगोले एउटा सिलिन्डर विस्फोट भएपछि लगातार ८ वटा सिलिन्डर विस्फोट भएका थिए।  नेपाली सेना र प्रहरी टोलीले घटनास्थललाई घेरा हालेर अनुसन्धान थालेका छन्।

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger