कोषका कर्मचारीका अनुसार लुम्बिनीमा चढाइने विभिन्न मुलुकका पैसामध्ये विशेष गरी श्रीलंका, बर्मा, कम्बोडिया र भियतनामका बौद्धमार्गीले चढाउँदै आएका ती देशका नेाट ‘डम्प’ गरेर राखिएको हो । ती नोट नेपालमा नचल्ने भएकाले कोषले साट्न नपाएका कारण समस्या परेको हो । ती मुलुकका नागरिकले मासिक सरदर ३ लाख नेपाली रुपैयाँ बराबरको पैसा चढाउँछन्, अझ पर्यटकीय सिजनमा महिनाको दश लाखसम्म हुन्छ । ती मुलुकबाहेक नेपालमा पैसा नचल्ने अरु देशका नागरिकले समेत नोट चढाउँने गरेका छन् । कोषले २०५० देखि अशोक स्तम्भमा एउटा र मायादेवी मन्दिरमा दुइटा डोनेसन बक्स (दानपेटी) राखेको छ । कोषले दानपेटी भरिएपछि विभिन्न कार्यालयका प्रतिनिधिको रोहवरमा खोलेर पैसा गन्ती गरी राख्ने गरेको छ ।
कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !
Posted by
Unknown
Posted on Sunday, December 30, 2012 |
6:29 PM
With No comments
Join Me On: Facebook | Twitter | Google Plus :: Thank you for visiting ! ::

0 comments:
Post a Comment