पहिलो एक दिवसीय क्रिकेटमा पाकिस्तानले भारतलाई हरायो

 भारतविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा पाकिस्तान विजयी भएको छ । २ सय २८ रनको लक्ष्य ५ विकेट गुमाएर पुरा गर्दै पाकिस्तानले ३ म्याचको एकदिवसीय श्रृखलामा १–० को अग्रता लिएको हो ।
पाकिस्तानको जितमा नासिर जमसेदले नटआउट १ सय १ रन बनाए ।
मोहम्मद युनिस खानले ५८, सोहेव मल्लिकले नटआउट ३४ रनको योगदान गरे । पहिलो बलमै मोहम्मद हाफिजलाई गुमाए पनि अर्का ओपनर जमसेदले अन्तिम समयसम्म टिक्दै पाकिस्तानी जितको आधार तयार पारे ।
यसअघि जुनैद खानको घातक बलिङ्गका कारण २९ रनमा ५ विकेट गुमाउँदै खराब अवस्थामा पुगेको भारत कप्तान महेन्द्र सिंह धोनीको शतकीय पालीले उकासिएको थियो । नटआउट १ सय १३ रन बनाएका धोनीले रैनासंग छैटौ विकेटका लागि ७३ र रविचन्द्रन आश्विनसंग सातौ विकेटका लागि १ सय २५ रनको साझेदारी गरे । सातौ विकेटका लागि भारतीय ब्याट्स्म्यानले गरेको सवैभन्दा ठुलो साझेदारी हो ।  
रैनाले ४३ र रविचन्द्रन आश्विनले ३१ रन बनाए । चेन्नइमा टस जितेर बलिङ्ग रोजेको पाकिस्तानका जुनैद खानले ४ विकेट लिए । अर्को एकदिवसीय खेल आगामी विहिबार हुनेछ ।
कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger