भारतमा १४ हजार वेबसाइट ह्याक


भारतमा यो वर्ष सन् २०१२ को सुरुका १० महिनामै १४ हजार भन्दा बढि वेबसाइट ह्याक भएका छन् ।
साइबर अपराधीहरुको बिगबिगी बढ्ने क्रममा यो अक्टोबर सम्ममा १४ हजार वेबसाइट ह्याकरहरुको सिकार बनिसकेको बताइएको छ । सन् २००९ यता वेबसाइट ह्याक हुने क्रम ५७ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार सन् २००९ मा भारतमा ९ हजार १८० वटा वेबसाइट ह्याक भएकोमा यो वर्षको १० महिनामै १४ हजार ३ सय ९२ वटा वेबसाइट ह्याक भैसकेका छन् । अघिल्लो वर्ष १४,२३२ वटा वेबसाइट ह्याकरहरुको निसाना बनेका थिए । सन् २०१० मा भने १६ हजार भन्दा बढि वेबसाइट ह्याक भएका थिए ।
भारतीय कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिमका अनुसार भारतमा साइबर अपराधी तथा ह्याकरहरुको आक्रमणमा तिब्रता आएको छ । साइबर अपराध नियन्त्रणका लागि सरकारले सन् २००९ यता ६ वटा साइबर सुरक्षा कार्यक्रम लागु गरेपनि त्यसले ठूलो प्रभाव भने छाड्न सकेन । संचार तथा सूचना प्रविधि मन्त्री कपिल सिबलका अनुसार मन्त्रालय तथा विभागहरुलाई आफ्नो सूचना प्रविधि प्रणालीको नियमित परीक्षण गर्न निर्देशन दिइएको छ, ता की सरकारी वेबसाइटहरु ह्याकरको निसानामा नपरुन् । सरकारी सतर्कताका बाबजुत यो वर्ष २९४ वटा विभिन्न सरकारी वेबसाइट समेत ह्याक भइसकेका छन् ।
कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger