मलेसियामा २ नेपाली को मृत्यु 4 घम्भिर घाइते

३ माघ, मलेसिया ।  मलेसियाको हुलु तेरेङगानुस्थित एक कारखानामा कार्यरत दुई नेपाली युवाको मृत्यु भएको छ ।  कारखानामा रहेको एक मेसिन अचानक पटि्कँदा दुई नेपालीसहित अर्का एक स्थानीयको मृत्यु भएको स्रोतले जनाएको छ । 
मृत्यु हुनेमा ३० बर्षीय प्रमोदकुमार रोय र २६ वर्षीय कुमार पासवानको मृत्यु भएको हो ।  मृतकहरुको नेपालस्थित ठेगाना लगायत थप जानकारी खुल्न सकेको छैन ।
'पाल्म ओयल' सम्बन्धी सो कारखानामा भएको उक्त घटनामा परी अर्का नेपाली सबद यादवसहित चार जना गम्भीर घाइते भएका छन् । उनीहरुको स्थानीय एक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
घटनाको प्राररम्भिक अध्ययन अनुसार तेल पकाउने एक मेसिन अचानक पट्कीएर सो घटना भएको थियो ।

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger