ज्ञवालीले विपक्षीको आन्दोलनले सहमति नचाहने एकीकृत माओवादीलाई सहमतिका लागि दबाब दिन, सहमतिका लागि पहल गर्न र जनजीविकाका प्रश्नको समाधान गर्न आन्दोलन घोषणा गरिएको बताउनुभयो । उहाँले विपक्षीको आन्दोलन एमाओवादी र सरकारलाई गलाउन नभई बार्तामा आउन र सहमतिका लागि दबाब दिन भएकाले शान्तिपूर्ण आन्दोलनमा उत्रिएका माथि सरकारी हस्तक्षेप भए सशक्त आन्दोलन गर्ने वताउनुभयो ।
ज्ञवालीले सरकारकै कारण देशमा दण्डहीनता मौलाइरहेको बताउँनु भयो । ज्ञवालीले पत्रकार डेकेन्द्रराज थापाका हत्यारालाई संरक्षण गर्नुपर्छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति र कारबाही प्रक्रिया अघि नवढाउन दिएको निर्देशन गैरजिम्मेवार भएको वताउनुभयो । एमाओवादीले स्वतन्त्र व्यक्तिको नाममा सरकार बनाउन प्रस्ताव राख्नु अर्को दाउपेच मात्र भएको ज्ञवालीको आरोप छ । राष्ट्रपतिले सहमतिका लागि म्याद दिएकाले विगतमा घोषणा गरिएको आन्दोलन स्थगित गरिएको उहाँले वताउनुभयो । उहाँले विभिन्न बहानामा र षडयन्त्र गरेर एमाओवादी निर्वाचनबाट भाग्न खोजिरहेको आरोप लगाउनुभयो
0 comments:
Post a Comment