धनगढी, माघ १७ – जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतबाट ४ जना अभियुक्त फरार भएका छन् ।
विभिन्न अपराधको अभियोगमा करिब १० दिनदेखि हिरासतमा राखिएका थुनुवाहरु बुधबार विहान सवा ३ वजे पर्खाल भत्काएर फरार भएका हुन् ।
हिरासतबाट भाग्नेमा मानव वेचविखनको अभियोगमा एक हप्ताअघि पक्राउ परेका राजेश भनिने नारद वोहोरा, लागु औषध अभियोगका नवीन भुजेल, चोरी अभियोगका आकाश पौडेल र रुपेश चौधरी रहेका छन् । कैलालीमा यस्तो घटना पहिलो पटक भएको र ड्युटीमा रहेका प्रहरीलाई अनुसन्धानको घेरामा राखिएको प्रवक्ता सुदाम रावलले जानकारी दिनुभयो ।
0 comments:
Post a Comment