२७ पुस, काठमाडौं । पेरिसडाँडामा चलिरहेको एकीकृत माओवादीको केन्द्रीय बैठकमा एकजना ब्राह्मण मूलका केन्द्रीय सदस्य मादक पदार्थ सेवन (मापसे) गरेर दिउँसै सुतेपछि बैठक केहीबेर प्रभावित भएको छ ।
एमाओवादी केन्द्रीय सदस्य तथा म्याग्दी इञ्चार्ज गोविन्द पौडेल बैठकको पहिलो दिन बिहीबार दिउँसो अत्यधिक रक्सी पिएर पेरिसडाँडाँ पुगेका थिए । तर, उनी बैठक कक्षमा तलै सुते । यसरी दिउँसै मापसे गरेर पार्टी कार्यालयमा सुतेपछि एमाओवादी नेता लोकेन्द्र बिष्टले पौडेलको नामै लिएर बैठक कक्षमा विरोध जनाए । अर्का नेता लीलामणि पोख्रेलले उनको नामै चाहिँ नकिटेको भए हुन्थ्यो भन्ने आग्रह गरे ।
तर, शुक्रबार दोस्रो दिन बसेको बैठकमा भने जाडो भगाउन मापसे गर्ने नेता पौडेलले आइन्दा कहिल्यै मासपे गर्दिँन भन्दै सबैका सामु आत्मालोचना गरेका छन् ।
कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !
0 comments:
Post a Comment