माथि जाँदा कोठामा ताल्चा लागेको थियो । पाँच अनुयायीसहित गुरु थिएनन् ।’ मध्यरात नै तपस्वी कोठामा ताल्चा लगाएर बेपत्ता भएको लालबन्दी प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक सन्तोष श्रेष्ठले बताएको खबर नागरिक दैनिकले छापेको छ ।
तपस्वी योञ्जन स्थानीय गोपाल योञ्जनको घरमा बस्दै आएका थिए । स्याङबोडाँडाको अग्लो भागमा रहेको घरमा पाँच अनुयायीसहित तपस्वी बस्दै आएका थिए । अन्य स्वदेशी तथा विदेशी अनुयायी तल खेतमा बनाइएको टेन्ट र स्थानीयको घरमा बस्दै आएका थिए । स्याङबोडाँडामा बस्दा तपस्वी योञ्जन पटक पटक विवादमा मुटिएका थिए ।
उनका अनुयायी अंकित योञ्जनले स्थानीय मोह गुर्छमानसहित तीन जनामाथि खुकुरी र तलबारले आक्रमण गरेको विरोधमा स्थानीले असार १८ गते उनलाई गाउँ छोड्न अल्टिमेटम दिएका थिए । आक्रमणको विरोधमा जियाजोर, पथरकोटसहित आसपासका सर्वसाधारणले गुरु योञ्जनविरुद्ध नाराबाजी गर्दै अनुयायीलाई कुटपिटसमेत गरेका थिए ।
कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !
0 comments:
Post a Comment