सुशील कोइराला नाम फिर्ता लिन तयारः सुजाता


२२ पुस, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टी सभापति सुशील कोइराला उमेदवारी फिर्ता लिन तयार रहेको दावी गर्नु भएको छ ।
सभापति कोइराला कहिले पनि प्रधानमन्त्री पदको लागि इच्छुक नभएको भन्दै उहाँले एमालेले दबाव दिएको कारण मात्र उम्मेदवारी दिएको बताउनु भयो । रिपोर्टर्स क्लब नेपालले आइतबार आयोजना गरेको साक्षात्कारमा कोइरालाले एमाओवादी र काग्रेस मिलेर मुलुकलाई निकास दिनु पर्ने बताउनु भयो । प्रचण्डको प्रस्ताव अनुसार गृहमन्त्रालय लिएर कांग्रेस अहिलेको सरकारमा जानु पर्ने भन्दै उहाँले पार्टीलाई साईडमा राखेर मुलुकलाई फाईदा हुन्छ भने कांग्रेस मुलुकलाई निकास दिन तयार हुनु वर्ने बताउनु भयो ।
साक्षात्कारमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेल सुनिलले वर्तमान सरकारलाई सहमतिको स्वरुप दिएर निर्वाचनमा जानु नै अहिलेको लागि सबैभन्दा सहज उपाय भएको दावी गर्नुभयो । उहाँले २५ गतेसम्म सहमति नभए संविधानसभा पुनःस्थापनामा जानु पर्ने बताउनु भयो । एमाओवादी नेता समेत रहेका पौडेलले प्रधानमन्त्री भट्टराईको नेतृत्व स्वीकार नहुँदा कोइरालाको विकल्प पनि स्विकार्य नहुने बताउनुभयो । सातबुँदे सहमतिको नजिक पुगेपनि अहिलेको सरकारमा सहभागि नहुने विपक्षीहरुको अडानका कारण सहमतिले मुर्त रुप पाउन नसकेको उहाँको भनाई थियो ।
एमाले प्रचार विभाग प्रमुख प्रदिप ज्ञावलीले स्वतन्त्र ब्यक्तिलाई नेतृत्व दिने र संविधानसभा पुनःस्थापनाको माओवादी प्रस्ताव बैशाखमा निर्वाचन नगराउने रणनीति भएको दावी गर्नुभयो उहाँले भन्नुभयो-’दलिय ब्यवस्थामा निर्दलीय प्रधानमन्त्री हुनै नसक्ने कुरा गरेर माओवादी निर्वाचन नगर्ने राणनीतिका साथ बढेको छ । र दलिय ब्यवस्थामा निर्दलीय समाधान हुनै सक्दैन ।’
नेकपा-माओवादीका सचिव देबप्रसाद गुरुङले दलहरुवीच सहमति हुन नसके राष्ट्रपतिले जेठ १४ को संविधानसभा विघठन र नयाँ निर्वाचनको सरकारको घोषणालाई बदर गर्नु पर्ने बताउनु भयो । प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकार विस्थापन गर्नै पर्नेमा जोड दिदै गुरुङले त्यसको लागि आन्दोलनको विकल्प नभएको दावी गर्नुभयो ।
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको निकासको लागि राष्ट्रपतिको ठोस कदम वा आन्दोलनको विकल्प नभएको दावी गर्नुभयो । म्याद थपको श्रृखलाले राष्ट्रपतिलाई खेलाउने काम मात्र भएको भन्दै उहाँले यसलाई तत्काल अन्त्य गरेर निकासको लागि नयाँ बाटो खोल्न राष्ट्रपतिलाई आग्रह गर्नुभयो ।


कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger