ढाका (बंगलादेश), माघ १८ (एपी) - बंगलादेशमा आम हड्तालका क्रममा विपक्षी इस्लामिक पार्टीका समर्थकहरुले घरेलु बम पड्काउँदै प्रहरीसँग भिडन्त गर्दा एक प्रहरीको मृत्यु भएको छ भने कयौँ घाइते भएका छन्।
पाकिस्तानसितको सन् १९७१ मा भएको स्वतन्त्रता संग्रामका क्रममा आफ्ना नेताहरुमाथि लगाइएको मानवताविरोधी अपराधको अभियोगमा अदालती कारबाही रोकिनु पर्ने माग गर्दै जमाते इस्लामी पार्टीले आज देशव्यापी आम हड्ताल आह्वान गरेको थियो।

राजधानी ढाकाबाट १३५ किलोमिटर पश्चिममा रहेको जेसोर जिल्लामा भएको भिडन्तका क्रममा एक प्रहरीको मृत्यु भएको र आठ जना अन्य घाइते भएको ढाकाको डेली स्टार पत्रिकाले जनाएकोछ।
सञ्चार माध्यमका अनुसार ढाकामा भएको झडपका क्रममा पनि कयौँ घाइते भएका छन्।
पार्टीका प्रमुख मटिउर रहमान निजामीसहित ६ नेता ढाकाको अन्तर्राष्ट्रिय अपराध इजलासमा अभियुक्त बनाइएका छन्। नौ महिनाको द्वन्द्वमा क्रममा उनीहरुले पाकिस्तानी सेनालाई यातना दिने काममा सघाएको आरोप लगाइएको छ।
पार्टीले आरोप अस्वीकार गरेको छ तर पाकिस्तानबाट छुट्टिने विषयमा भने उसले विरोध जनाएको थियो।
पाकिस्तानसँग छुट्टिने क्रममा भएको युद्धमा ३० लाखको मृत्यु भएको र २ लाख महिलाको बलात्कार भएको बंगलादेश बताउँछ।
पाकिस्तानसँग छुट्टिने क्रममा भएको युद्धमा ३० लाखको मृत्यु भएको र २ लाख महिलाको बलात्कार भएको बंगलादेश बताउँछ।
युद्ध अपराध सुनुवाईका क्रममा यसै महिनाको सुरुमा भगुवा इस्लामिक नेता अबु कलाम आजादलाई मृत्युदण्डको सजाय सुनाइएको थियो।
0 comments:
Post a Comment