थाइल्याण्डलार्इ एसीसी महिला च्याम्पियनसिप क्रिकेटको उपाधि नेपाललार्इ तेस्रो स्थान


१८ माघ, काठमाण्डौ । नेपाल एसीसी महिला च्याम्पियनसिप क्रिकेटमा तेस्रो भएको छ । थाइल्यान्डमा विहीवार भएको खेलमा हङकङलाई ८ विकेटले पराजित गर्दै नेपालले तेस्रो स्थानहात पारेको हो । हङकङले नेपालसामू पस्केको ३३ रनेको विजयी लक्ष्य नेपालले ७ दशमलब ३ ओभरमा २ विकेट गुमाउदै लक्ष्य भेट्टायो । बर्षाका कारण मैदान भिजेकाले २५ ओभरको खेललाई १९ ओभरमा झारिएको थियो ।
यसअघि टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको हङकङले १९ ओभरमा सबै विकेट गुमाएर ३२ रन बनाएको थियो । । उसका लागि जि वान इपले १२ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । नेपालकी नेरी थापाले ४ ओभरमा ३ मेडन राख्दै १ रन दिँदै ३ विकेट लिइन् भने रुविना क्षेत्रीले २ तथा करुणा भण्डारी र सोनु खड्काले १-१ विकेट लिइन् । समूह चरणमा भएको भेटमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको थियो ।
थाइल्याण्डलार्इ उपाधि 
यसैवीच थाइल्याण्डमा भएको एसीसी महिला च्याम्पियनसिप क्रिकेटको उपाधि आयोजक राष्ट्र थाइल्याण्डले उचालेको छ । चीनलाई १७ रनले पराजित गर्दै आयोजक थाइल्याण्डले उपाधि उचालेको हो । खेल सकिन दूई बल बाँकी छँदा चीन ७८ रनमै अलआउट भएपछि उपाधि थाइल्याण्डले उपाधि उचाल्यो । यसअघि पहिले टस ब्याटिङमा उत्रिएको थाइल्याण्डले २५ ओभरको समाप्तिमा ९५ रन जोडेको थियो 

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger