यो वर्ष ग्याजेट झनै स्लिम, झनै सेक्सी

सन् २०१२ मा आइफोन ५, आइप्याड मिनी, नेक्सस ७ र ग्यालेक्सी एस थ्री ले ग्याजेटको दुनियामा तहल्का पिटे र आधिपत्य नै जमाए । तर यो वर्ष सन् २०१३ मा ग्याजेटप्रेमीहरुले अझै स्लिम, क्षमतायुक्त तथा चिटिक्कका सेक्सी ग्याजेट मुसार्न पाउने छन् ।

सन् २०१२ मा ग्याजेट प्रयोगकर्ताहरु खासगरी मोबाइल फोनका प्रयोग कर्ताहरु फोनमा केवल कुराकानी तथा सन्देश आदानप्रदानको क्रियाकलापबाट भारी मात्रामा टि्वटिङ, सोसल नेटवर्किङ, सपिङ तर्फ मोडिए । मोबाइल इन्टरनेट सेवाको विस्तार यसको मुख्य कारक बन्यो ।

यसैको फलस्वरुप मोबाइल बाट इन्टरनेट चलाउनेहरुको संख्या निकै तिब्र गतिले बढिरहेको छ । अझ युवाहरुमाझ स्मार्टफोनप्रतिको प्रेम र इन्टरनेट प्रयोगको दर निकै बढिरहेको पाइएको छ ।

ग्याजेटप्रेमीहरु वा उपभोक्ताहरुमा छनोटको सुविधामा भएको वृद्धिसँगै देख्नका लागि राम्रा र सेवा सुविधा समेत उच्चस्तरीय भएका स्मार्टफोन प्रतिको चाहना बढिरहेको छ । त्यसैले उपभोक्ताको यो चाहना पूर्ति गर्नु उत्पादकहरुको चुनौतिको विषय बनिरहेको छ ।

यहीँ मागलाई सम्बोधन गर्नेगरी यो वर्ष नोकिया कम्पनीले कम मूल्यमा गुणस्तरीय फिचर्स तथा सेवा सहितका ग्याजेट बजारमा पठाउने लक्ष्य राखेको छ । यो वर्ष पाइपलाइनमा रहेका अन्य ग्याजेटहरुमा एप्पलको आइफोन ५ एस, सामसुडको ग्यालेक्सी एस फोर तथा नोकिया लुमिया ९२० र ८२० लगायतका रहेका छन् ।

नोकियाले यो वर्ष आफ्ना स्मार्टफोनमा डिफल्ट मोबाइल ब्राउजर सँगै फेसबुक बटन समेत उपलब्ध गराउने सोँच बनाएको छ, ता की नोकियाका स्मार्टफोन प्रयोगकर्ताले सिधै फेसबुकमा लगइन गर्न सकून् ।

यो वर्ष सस्तो मुल्यका कम्प्युटर पिसीको उत्पादनमा पनि कम्प्युटर निर्माता कम्पनीहरुको ध्यान जानेछ । खासगरी माइक्रोम्याक्स, एचसिएल र जेन लगायतका कम्पनीहरुले सस्ता कम्प्युटर उत्पादन गरी भारतीय बजारमा पठाउने सोँच बनाएका छन् ।
 

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger