रामपुर हत्याः ‘हो मैले सोनुलाई घाँटी थिचेर मारेँ’

om Shrestha_Killingटेकनारायण भट्टराई, पाल्पा, माघ १२, पाल्पा रामपुरकी २८ बर्षीया सोनु श्रेष्ठलाइ उनकै पती ओम श्रेष्ठले हत्या गरेर शव बोरामा पोको पारेर कालीगण्डकीमा फालिदिएको खुलासा भएको छ । उनले हत्या स्विकारेका छन् ।
प्रहरीले शुक्रबार तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा ओमले हत्या स्विकारेको भिडियो फुटेज सार्वजनिक गरिएको थियो। ‘मैले सोनुलाइ मारेँ, राती खाटमै सुतेको बेला घाँटी थिचेर मारेँ । उनले बोरामा पोको पारेर बाईकमा राखेर परेवाघाटबाट नदीमा फालिदिएको बताएका छन् । उनले शव पानीमा नतैरियोस् भनेर शव पोको पारेको बोरामै करिव २५ किलोका दुईवटा ढुंगा समेत पोको पारेर गण्डकीमा फालेको स्विकारेका छन्। प्रहरीले हत्यामा प्रयोग भएका बोरा, टर्च लाईट, डोरी, मोटरसाईकल समेत वरामद गरेर सार्वजनिक गरेको छ।
घटनाको अनुसन्धानमा खटिएको क्षेत्रीय प्रहरी कार्यालय पोखराका एसपी मनोज न्यौपानेले घटनामा अन्य व्यक्तिहरुको समेत संलग्नता बारे अनुसन्धान जारी रहेको बताए। पाल्पाका प्रहरी प्रमुख डिएसपी स्थानेश्वर रेग्मीले ओमकी जेठी पत्नी कृष्णादेवी श्रेष्ठलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए।
पुस ४ गतेदेखि बेपत्ता सोनुको शव गत शनिबार बिहान ११ बजे कालीगण्डकी किनारमा भेटिएको थियो। हत्या प्रकरणलाई लिएर रामपुरमा प्रदर्शन भएपछि २७ घण्टे कर्फ्यु लगाउनु परेको थियो भने २३ जना प्रहरी र प्रदर्शनकारी घाईते भएका थिए। स्थानीयले प्रहरी कार्यालय नियन्त्रणमा लिएर तोडफोड र आगजनी गरेका थिए।

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger