१२ माघ, काठमाडौं । एमाओवादीबाट असुरक्षित भएको भन्दै दैलेखका २२ पत्रकारले शुक्रबार जिल्ला छाडेका छन् । एमाओवादीले भने आफूहरुबाट त्यस्तो कुनै धम्की नदिइएको, बरु केही भएमा सुरक्षा दिन तयार छौं भन्दाभन्दै पत्रकारहरु हिँडेको बताएको छ ।
‘हामीबाट कुनै धम्की दिइएको छैन, हामीले महासंघका पूर्वसभापति विष्णु शर्मालाई सम्पर्क गरी तपाईहरुलाई सुरक्षा दिन तयार छौं भन्दाभन्दै उहाँहरु जिल्ला छाडेर हिँड्नुभएको हो ।’-दैलेखका एमाओवादी नेता छवि सुवेदीले अनलाइनखबरलाई भन्नुभयो, ‘हुलमुलमा कसैले धम्की दिएको भए, त्यसलाई कारवाही गर्न तयार छौं, कसले त्यसो गर्यो जानकारी गराउनोस् भन्दा पनि उहाँहरुले नाम दिन सक्नुभएन, हामीबाट पत्रकारलाई दुःख दिने कुनै नीति छैन ।’
पत्रिकाको कार्यालयमा एमाओवादीतर्फबाट किन तोडफोड गर्नुभएको भन्ने प्रश्नमा सुवेदीले भन्नुभयो-’उक्त पत्रिकाको कार्यालय रहेको होटलको छतबाट बोतल र ढुंगा बोकेका मानिसहरुले आक्रमण गरेपछि कार्यकर्ता होटलमा प्रवेश गरेका हुन्, पत्रिकाको कार्यालयमा तोडफोड गर्ने नियतले त्यस्तो भएको होइन ।’
एमाओवादी नेता सुवेदीका अनुसार अहिले दैलेख सदरमुकामको अवस्था सामान्य छ । एमाओवादीको जिल्ला अधिवेशनमाथि विपक्षीले कुनै अवरोध पुर्याएका छैनन् । विपक्षीहरुले पनि शान्तिपूर्णरुपमा आफ्ना विरोधका कार्यक्रम गरिहेका छन् । विहीबार बिपक्षी दलसम्बद्ध विद्यार्थीहरुले शान्तिपूर्णरुपमा सरकारविरुद्ध जुलुस र कोणसभा गरेका थिए भने शुक्रबार दिउँसो पनि विपक्षीले विरोध कार्यक्रम राखेका छन् ।
धम्की आएको छैन
एमाओवादीबाट असुरक्षा भएको भन्दै जिल्ला छाड्नेमध्येका पत्रकार लोकेन्द्र पौडेलले प्रत्यक्षरुपमा कसैबाट धम्की नआए पनि आफैं असुरक्षित महसुस गरेर जिल्ला छाडेको बताउनुभएको छ । पौडेलले भन्नुभयो-’औपचारिक रुपमा कसैले धम्की दिएको छैन । हामीलाई सुरक्षा दिने जिम्मेवारी लिएका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल र प्रहरी नायव उपरीक्षक शारदाप्रसाद चौधरीको सरुवा भएपछि असुरक्षाको महसुुस गरेर कार्यथलो छाडेका हौं ।’
पौडेलको कथन छ-’औपचारिक रुपमा कसैले धम्की दिएको छैन । तर, पत्रकार महासंघ दैलेखका अध्यक्ष पुष्कर थापालाई ज्यानमार्ने धम्की आएपछि बसेको महासंघको बैठकले अहिले जिल्लामा बस्न सक्ने अवस्था नहरेकाले आफुहरु सुरक्षित ठाउँमा हिँडेका हौं,’ सुरक्षाको प्रत्याभूति नभएसम्म नर्फकने सहमति भएको छ । प्रमुख जिल्ला अधिकारी जिल्लामा आएर सुरक्षा प्रत्याभूति गराएपछि काममा र्फकन्छौ,’ उहाँले भन्नुभयो-’त्यतिन्जेलसम्म घटनास्थलमा गएर कुनै रिर्पोटिङ गर्दैनौ ।’
पत्रकार महासंघका सभापति पुस्कर थापाले प्रत्यक्षरुपमा कतैबाट धम्की नआए पनि शुभचिन्तकहरुले दिएको सल्लाहअनुसार जिल्ला छाडेको शुक्रबार एभिन्यूज टेलिभिजनलाई प्रतिक्रिया दिनुभएको छ । आफुहरु आठ बर्षदेखि लोकतन्त्र र न्यायको आन्दोलनमा लागेको भन्दै थापाले एकतर्फी समाचार नदिएको दावी गर्नुभयो । बिपक्षी दलहरुले दैखलबाटै सरकार ढाल्ने आन्दोलन थालेपछि आफुहरु दोहोरो मारमा परेको थापाले प्रतिक्रिया दिनुभयो ।
विपक्षी दल र पत्रकारको संयुक्त बैठक
अनलाइनखबरलाई प्राप्त जानकारीअनुसार बिहीबार दिउँसो नेकपा एमालेको जिल्ला कार्यालयमा विपक्षी ६ दल र पत्रकारहरुको संयुक्त बैठक बसेको थियो । एमाले कार्यालयमा भएको सो बैठकपछि पत्रकारहरुले जिल्ला छाड्ने निर्णय गरेको स्रोत बताउँछ । स्रोत भन्छ, दैलेखका केही पत्रकार कांग्रेस र एमालेका सक्रिय कार्यकर्ताको दाहोरो भूमिकामा समेत छन् ।
विपक्षीबाटै सञ्चारकर्मीमाथि दबाब
पत्रकार र प्रेस स्वतन्त्रताको पक्षपोषण गर्दै आएका विपक्षीका तर्फबाटै दैलेखमा सञ्चारकर्मीमाथि त्रास बढेको छ । अरु सबै सञ्चारमाध्यमले एमाओवादीको विरोध गरिरहेका बेला तैंले किन फरकखालको समाचार लेखिस् भन्दै विपक्षीले धम्की दिएपछि एबीसी टेलिभिजनका दैलेख संवाददाता कबिराज बिसी शुक्रबार जिल्लाछाडेर नेपालगञ्जस्थित मामाघर जान लाग्नुभएको छ । ‘जिल्लामा बस्न र समाचार लेख्न नसकिने भयो ।’-बीसीले अनलाइनखबरसँग भन्नुभयो ।

0 comments:
Post a Comment