काठमाडौँ, पुस २१ (नागरिक) - बेलायतमा पक्राउ परेका नेपाली सेनाका कर्णेल कुमार लामालाई त्यहाँको प्रहरीले सन् २००५ को द्वन्द्व कालमा युद्धबन्दीलाई यातना दिएको दुई वटा अभियोग लगाउने भएको छ। बीबीसीका अनुसार ४६ वर्षीय लामालाई आजै त्यहाँको अदालतमा उपस्थित गराइनेछ।राष्ट्रसंघीय शान्ति मिसनमा रहेर पत्नी भेट्न लन्डन पुगेका लामालाई गत बिहीबार प्रहरीले नियन्त्रणमा लिएको थियो।
पक्राउ परेको दुई दिनपछि उनलाई वेस्टमिनिस्टर म्याजिस्ट्रेट कोर्टमा उपस्थित गराउन लगाइएको हो। प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार उनलाई दुई व्यक्तिमाथि सार्वजनिक अधिकारी भएर जानाजानी यातना दिएको अभियोग लगाइएको छ। सन् २००५ को अप्रिल र मे महिनामा कपिलवस्तुको गोरुसिङ्गे ब्यारेकमा दिइएका यातनाको लागि उनीविरुद्ध मुद्दा चलाउन लागिएको हो।
बेलायतको क्रिमिनल जस्टिस एक्टको धारा १३४ ले यातनाका अभियुक्तलाई घटनाको बेलायतसँग कुनै सम्बन्ध नरहे पनि बेलायती अदालतमा कानुनी कारबाही चलाउन सक्ने अधिकार दिएको छ।
नेपाल सरकारले लामाको पक्राउ अन्तर्राष्ट्रिय कानुन र सार्वभौम मुलुकको क्षेत्राधिकारको सामान्य सिद्धान्तविपरीत भएको ठहर गर्दै शुक्रबार बेलायतलाई विरोधपत्र (प्रोटेस्ट नोट) समेत बुझाएको छ। बेलायती राजदूत जोन टकनटलाई बोलाई सरकारले घटनाप्रति गम्भीर असहमति र आपत्ति जनाएको छ।
सम्बन्धित समाचार
कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !

0 comments:
Post a Comment