महासेनानी लामालाई २० वर्षसम्म जेल सजाय हुन सक्ने सम्भावना

 पुस २१ – बेलायतमा छुट्टि मनाउन पुगेका नेपाली सेनाका महासेनानी कुमार लामालाई बेलायती कानुन अनुसार २० वर्षसम्म जेल सजाय हुन सक्ने सम्भावना रहेको छ ।


मानवअधिकारवादी संस्था इन्सेकका अध्यक्ष सुवोधराज प्याकुरेलले बेलायती अदालतले उनलाई २० वर्षसम्मको कैद सजाय दिनसक्ने बताएका हुन् । तर उनी विरुद्ध प्रमाण जुटाउन बेलायतका प्रहरी नेपाल आउनै पर्ने भने हुन्छ ।

नेपालमा यातनाविरोधी कानुन नभएकाले कर्णेल लामाले बेलायतमा सजाय भोग्नुपर्ने अवस्था आएको मानवअधिकारवादीहरूको भनाई छ ।

मानव अधिकारवादी सुवोध प्याकुरेलले नेपालमा जारी १० वर्षे जनयुद्धमा युद्ध अपराध भएको उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको भन्दै प्रमाण जुटाउने सिलसिलामा बेलायतका प्रहरी नेपाल आउन सक्ने र त्यतिबेला नेपालले सहयोग गर्नुपर्ने पनि बताएका छन् ।

त्यहाँ सन् २००५ मा यही प्रकृतिको आरोपमा मुछिएका एक अफगानीलाई २० वर्षको जेल सजाय दिइएको थियो ।

तर उनलाई त्यतिकै छाड्न पनि सम्भावना रहेको र अनुसन्धानबाट दोषी देखाउन पनि सक्ने दुवै सम्भवना भने उत्तिकै छ ।कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger