नेपाली सिने उद्योगमा चलचित्र 'नाई नभन्नु ल'बाट डेब्यू गरेकी नायिका ऋचासिंह ठकुरी पछिल्लो समयमा रुचाइएकी नायिकाको रुपमा लिइन्छ ।
अहिले चलचित्र 'धड्कनभित्र'को प्रमोशनमा व्यस्त भएकी नायिका ऋचाले आफूलाई चलेकै नायिका भन्न रुचाउँछिन् । पछिल्लो समयमा सेक्समा आधारित सिनेमाहरु धमाधम निर्माण भइरहेको बेला आफू भने त्यस्तो सिनेमामा कहिल्यै अभिनय गर्न नसक्ने ऋचाको भनाई छ । कथा र निर्माण राम्रो भयो भने सिनेमा बिक्छ भन्ने धारणा बोकैकी ऋचाले एक अन्तर्वार्ताको क्रममा यस्तो बताएकी हुन् ।

नेपाली नायकहरुमा राजेश हमाल, सुमन सिंह र जीवन लुईटेललाई आकर्षक मान्ने ऋचा अहिलेसम्म कसैको माया जालमा परेकी छैनन् । उनलाई शंका नगर्ने र पारिवारीक त्यसमाथि पनि आफू भन्दा ५ ईन्च अग्लो केटा मनपर्ने बताउँछिन् ।
नायिका ऋचाले आफूले प्रेमी भेटेको ३ महिनामानै विहे गर्ने पनि बताएकी छिन् । तर सपनामा युवकहरु आएपनि विपनामा प्रेमी बनाउन नपाएकोमा उनी खिन्न पनि छिन् ।
0 comments:
Post a Comment