मर्डर-१ र मर्डर-२ को अपार सफलतापछि भट्ट बन्धुहरूले मर्डर ३ लिएर आएका छन् । १५ फेव्रुअरीका दिनमा रिलीज हुन लागेको यस फिल्मको प्रचारप्रसार सुरु भएको छ ।
बोल्ड सीन, उत्तेजक गीत र अपराधमा आधारित कथाको एउटा यस्तो प्रस्तुती रहेको मर्डर-१ र मर्डर-२लाई दर्शकहरूले निकै मन पराएका थिए । यस्तै गरेर प्रस्तुत फिल्म मर्डर-१ र मर्डर-२ को सिक्वेल हो । यस पटक भने इमरान हाशमीको सट्टमा रणदीप हुडा देखिने भएका छन् ।
त्यसैगरि अदिति राव हैदरी र सारा लरेन यसमा नायिका रहेका छन् । फिल्मसँग सम्बन्धित सूत्रहरूका अनुसार मर्डर ३ मा हट सीनको मात्रा भने केही कम गरिएको छ । तर पनि धेरै कुराहरूको मसला यसमा रहेको छ । एक अर्का भट्ट यस फिल्म मार्फत बलिउडमा प्रवेश गर्दैछन् ।
उनी हुन मुकेश भट्टका नाति विशेष भट्ट । उनकै नाममा यस फिल्मको व्यानरको नाम विशेष फिल्म्स राखिएको छ । उनले यस फिल्मको निर्देशन गरिरहेका छन् ।
0 comments:
Post a Comment