काँकडभिट्टा, पुस २३ - नेपाली राजनीति बुझेका तर हत्तपत्त राजनीतिबारे टिप्पणी गर्न नचाहने अभिनेता राजेश हमाल शुक्रबार झापामा केही राजनीतिक मुडमा देखिए । बिर्तामोडस्थित रेडियो विराट उद्घाटन गर्न झापा आएका हमालले हनुमान सेन्टरस्थित एफएम कार्यालयमा रिबन काटिसकेपछि राजनीति र राजनीतिक नेतृत्वप्रति असन्तुष्टि पोखे ।
'हाम्रो राजनीतिले पछिल्लो समय जनतामाझ वितृष्णा र अन्योल पैदा गरेको छ,' राजेशले भने, 'राजनीतिले सही बाटो पहिल्याउन सकेन ।' करिब १५ मिनेट लामो मन्तव्यमा उनले अधिकांश समय राजनीतिक असन्तुष्टिमै खर्चिए । उनले राजनीतिले ठोस दिशानिर्देश गर्न नसकेकोमा दुःख पनि व्यक्त गरे । 'देशको मेरुदण्ड राजनीति हो,' उनले भने, 'अहिले मेरुदण्ड नै अस्वस्थ छ ।'
जबसम्म राजनीतिक स्थिरता हुँदैन, तबसम्म कुनै पनि क्षेत्रको विकास सम्भव नहुने उनले दाबी गरे । राजनीतिबाट कोही पनि टाढा बन्न नसक्ने भन्दै उनले घुमाउरो पारामा मुलुकले आवश्यकता महसुस गरे 'पछि नहट्ने' पनि बताए । तर आफू विशुद्ध सर्जक मात्रै भएकाले राजनीतिमा आउने इच्छा नभएको पनि प्रस्ट पारे । तर राजनीति रुमलिरहे, दिशाहीन भइरहे आफू मात्रै नभएर सबै नेपाली अघि आउनुपर्ने उनले बताए ।
कलाकारको राजनीतिक मन्तव्य सुनेपछि पत्रकार महासंघका केन्द्रीय सदस्य मोहन काजीले 'प्रधानमन्त्रीका लागि स्वतन्त्र व्यक्तिको खोजी भइरहेका बेला हमाल उपयुक्त हुने' भन्दै भावी प्रधानमन्त्रीका लागि सर्वसाधारणमाझ प्रस्ताव गर्दा दर्शकदीर्घामा ताली नबजाउने कोही थिएनन् । हमाल भने मुसुमुसु मात्रै हाँसिरहे । कांग्रेसका विश्वप्रकाश शर्मा र एमालेका सोमनाथ पोर्तेलले चाहिँ उनलाई 'अहिले नै राजनीतिको खाडलमा फाल नहान्न' सुझाए । 'अहिले हमालजी चलचित्रका महानायक हुनुहुन्छ,' नेता पोर्तेलले भने, 'राजनीतिमा आएर खलनायक नबन्नुस् ।'
पछिल्लोपटक बिहेको कुरा गर्दै चर्चामा आइरहेका राजेशलाई कांग्रेस नेता शर्माले चाहिँ 'प्रधानमन्त्रीको होडबाजीमा लाग्नुभन्दा चाँडो बेहुला बन्न' सुझाए । 'प्रधानमन्त्रीका लागि त जीवनभर राजनीति गरेका अविवाहित सुशील कोइराला हुनुहुन्छ नि,' शर्माले ठट्टा गरे, 'हमालजी चाँडोभन्दा चाँडो बेहुला बनेको राम्रो ।'

0 comments:
Post a Comment