बिहे ? हल्ला मात्रै'

मुम्बई (एजेन्सी), पुस २३ - दुई दिनअघि मात्रै यो खबर छाएको थियो: अभिनेत्री नरगिस फाखरीले उदय चोपडासँग विवाह गर्न लागिन् । बिहेको मिति नै पनि तोकिएको थियो, आउँदो मार्च हुने भनेर ।
नरगिसले यस्ता समाचारको खण्डन गरिदिएकी छन् । अमेरिकामा मोडलिङ गर्दागर्दै बलिउड छिरेकी 'रकस्टार' नायिकाले बिहेको खबर अफवाह रहेको टिप्पणी गरिन् । ३३ वर्षीया अभिनेत्रीले आफू काममै व्यस्त रहेकाले बिहेबारे सोच्न पनि नभ्याएको ठोकुवा गरेकी छन् ।
नरगिसको यस्तो भनाइमा यश चोपडा पुत्र भने केही बोलेका छैनन् । त्यसो त नरगिसले नै उदयलाई जन्मदिनको शुभकामना दिँदै ट्वीटेकी छन्, 'ह्याप्पी बर्थ डे उदय चोपडा, कहाँ छौ तिमी ? हामी बिहे गर्दै छौं भनेर मैले पढ्न पाएँ । कतै तिमीले मलाई धोका त दिएनौ ?' उनले ठट्यौली पारामा लेखेकी छन्, 'जे होस्, जन्मदिनको शुभकामना ।' हुनेवाला पत्नी प्रचारित नरगिसले यति कटाक्ष गर्दा समेत उदय मौन छन् । उसो त उदयले शुभकामना दिने सबैलाई एकमुष्ट धन्यवाद दिन भ्याएका थिए । बिहेको हल्ला चलेपछि आएका नरगिसका अभिव्यक्तिप्रति उदय मौन रहनुको कारण दुईबीचको पछिल्लो सम्बन्ध चुनौतीपूर्ण रहेर पो हो कि ?
गत वर्ष नै उदय र नरगिसबीचको रोमान्सका समाचारबाट बढेर नयाँ वर्षसँगै दुईले बिहे गर्ने चर्चा चलेको हो । यश चोपडाको निधनका कारण तत्काल बिहे हुन नसकेको बताइरहेकै बेला नायिकाले भने बिहेलाई नै इन्कार गरिदिएकी हुन् । नरगिसको यसअघि 'रकस्टार' कै स्टार रणवीर कपुरसँग समेत नाम जोडिएको थियो ।
 

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger