मुम्बई, पुस २३ - भारतीको प्रख्यात टेलिभिजन कार्यक्रम कौन बनेका करोडपतिमा सहभागी एक महिलाले ५ करोड रुपियाँ जितेकी छिन् । अभिनेता अभिताब बच्चनले सञ्चालन गर्ने कार्यक्रमको यो चौथो संस्करण हो । मुम्बईमा शनिबार रेडर्क गरिएको कार्यक्रममा ३७ बर्षीया सुमित कौर साउनीले ५ करोड जितेकी हुन् । यो कार्यक्रम आगामी हप्ता टेलिभिजनमार्फत् प्रशारण हुनेछ ।
पञ्चाबकी उनी बिगत ५ बर्षदेखि मुम्बईमा बसेर बालबालिकालाई घरमै पुगेर ट्यूशन पढाउँने काम गर्छिन् ।
कार्यक्रमबाट जितेको केही रकम पञ्जाबी संस्कृतिको लागि खर्च गर्ने घोषणाले उनले गरेकी छन् । तर, बाँकी पैसा के गर्ने भन्नेबारे घर सल्लाह गर्ने उनले बताए । उनका पति चलचित्रमा सामान्य अभिनय गर्ने कलाकार हुन् ।
यसअघिको संस्करणमा बिहारका सुशिल कुमारले ५ करोड जितेका थिए । करोड पुरस्कार जित्ने उनी पहिलो महिला हुन् । कार्यक्रममा सोधिने सामान्य ज्ञान प्रश्नको आधारमा पुरस्कार रकम तय गरिन्छ ।

0 comments:
Post a Comment