चिसोको कारण भारतमा १५५ जनाको मृत्यु


काठमाडौं २३ पौष
अत्याधिक चिसो र शितलहरका कारण भारतमा मृत्यूहुनेहरुको सँख्या १ सय ५५ पुगेको छ ।
चिसोले भारतका उत्तरी क्षेत्रमा सवैभन्दा बढि प्रभाव पारेको छ । उत्तर प्रदेशमा मात्रै मृत्यू हुने सँख्या १५ पुगेको छ मृत्यू हुनेमध्ये अधिकांश विपन्न परिवारको रहेको बताइएको छ । हिमाञ्चल प्रदेशका लाहुल स्पिती जिल्लामा तापक्रम माइनस १० दशमलव ४ डिग्री सेल्सियस पुगेको छ भने कास्मिरमा –४ दशमलव ६ डिग्री सेल्सियस पुगेको छ ।
यस्तै हरियाणा र राजस्थानमा पनि तापक्रम शुन्यभन्दा तल झरेको छ । राजधानी नयाँ दिल्लीमा पनि हिजो गएको पाँच बर्ष यताको सवैभन्दा चिसो महसुस गरिएको छ ।
नयाँ दिल्लीको तापक्रम हिजो न्यूनतम १ दशमलव ९ डिग्री सेल्सीयस र अधिकतम तापक्रम ११ दशमलव ८ डिग्री सेल्सीयस थियो ।
यस्तै गएको बुधवार दिल्लीको अधिकतम तापक्रम ९ दशमलव ८ डिग्री सेल्सियस थियो । गएको ४४ बर्षयता अधिकतम तापक्रम सवैभन्दा तल झरेको त्यहाँको मौसम विभागलाई उद्धत गर्दे विविसी अनलाइनको हिन्दी संस्करणमा जनाइएको छ ।
कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger