Tuesday
January 15

राष्ट्रपति थाके, अब म्याद नथप्ने

२ माघ, काठमाडौं । सहमतीय सरकार गठनको लागि नवौँपटक म्याद दिँदा समेत राजनीतिक दलहरु असफल भएपछि राष्ट्रपति डा. रामवरण यादवले समयसीमा थप गर्ने श्रृँखलाको अन्त्य गर्ने मनस्थिति बनाउनुभएको छ । उहाँले समयसीमा नतोकिनै दलहरुलाई छिटो सहमति गर्न आग्रह गर्नुभएको छ । मंगलबार शितल निवासमा विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई बोलाएर राष्ट्रपति यादवले समय थपिरहनु उपयुक्त नहुने भएकाले आफैं सहमति गरेर आउन भन्नुभएको छ । ‘राष्ट्रपतिले अब म्याद थप्नुहुन्न’ छलफलमा सहभागी नेकपा मालेका महासचिव सीपी मैनालीले अनलाइनखबरसित भन्नुभयो-’सात दिनभित्र सहमति गर्नुस्, सक्नुभएन भने मैले किन सहमति भएन भनेर जनतालाई भन्नुपर्ने हुन्छ भनेर राष्ट्रपतिले भन्नुभएको छ ।’ पटकपटक समय दिँदा पनि दलहरु असफल भएपछि राष्ट्रपतिले समयसीमा नतोकिकनै सात दिनभित्र सहमति गर्न दबाब दिनुभएको हो । उहाँले सहमतीय सरकार गठनको लागि आफूले शुरु गरेको संविधानको ३८-१ को प्रावधान कायम रहने पनि बताउनुभएको थियो । एकीकृत माओवादीका उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायतका नेताहरुले पनि म्याद थपिरहन उपयुक्त नहुनेबारे राष्ट्रपतिलाई सुझाएका थिए । अधिकांश नेताहरुले फेरि समयसीमा नथप्न भनेपछि राष्ट्रपतिले समयसीमा नतोकिनै सात दिनभित्र सहमति गर्न आग्रह गर्नुभएको हो । यसअघि म्याद सकिएको भोलिपल्ट तीन दल र मधेसी मोर्चालाई छलफलका लागि बोलाउने र उनीहरुको आग्रहमा केही दिन म्याद थप्ने श्रृँखला चल्दै आएको थियो । पछिल्लोपटक राष्ट्रपतिले दिएको समयसीमा सोमबार मात्र सकिएको थियो । दलहरुको पुरानै अडान राष्ट्रपतिसँगको भेटमा दलहरुले पुरानै अडान र आरोपप्रत्यारोप दोहोर्याएका थिए । विपक्षी दलहरुका कारण सहमति बन्न नसकेको सत्तारुढ दलहरुको भनाई थियो भने सत्तारुढ दलले कुर्सी छाड्न नमान्दा सहमतीय सरकार बन्न नसकेको विपक्षीहरुले बताएका थिए । तर राष्ट्रपतिलाई भने उनीहरुले पहिलेजस्तै छिटै सहमति बन्ने दोहोर्याएका छन् ।

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger