माघ २, सनी लियोनको सेक्स अपीलको फाइदा उठाउँदै उनीसंग कयौं निर्माताहरू फिल्म साइन गर्न चाहन्छन् । तर सनी भने बिस्तारै बिस्तारै बलिउडमा कदम बढाउन चाहन्छिन् ।
१५ जनवरीबाट उनी आफ्नो दोश्रो फिल्म ‘रागिनी एमएमएस २’ को शूटिङ शुरू गर्न गैरहेकी छन् । हालै मात्र उनले एक बर्कशपका क्रममा आफ्नो भूमिकाको बारेमा सम्पूर्ण जानकारीहरू लिइसकेकी छन् ।
१५ जनाबरीको बिहान उनी एकता कपूरका साथमा एक पूजा समारोहमा भाग लिन लागेकी छन् ।
बलिउडमा आफ्नो बढ्दो क्रेजका कारण अहिले सनी निकै खुसी भएकी छन्, उनी अहिले आफ्ना प्यारेन्ट्सलाइ धेरै मिस गरिरहेको बताउँछिन् । सनीका अनुसार यदि उनका प्यारेन्ट्स यतिबेला संगै भएका भए उनको यो सफलताप्रति निकै खुसी हुन्थे होला ।
सूत्रहरूका अनुसार सनीले भर्खरै मात्र ‘टीना एण्ड लोलो’ नामको एक नयाँ फिल्म साइन गरेकी छन् । यो फिल्म एक एक्शन फिल्म हुने बताइएको छ । फिल्मका अन्य कलाकारहरूको भने चयन भएको छैन् । सनीले भने यस कुराको पुष्टि गरिसकेकी छैनन् ।

0 comments:
Post a Comment