हेटौंडा, माघ २ - सात बर्षिया बालिकालाई बलात्कार गरेको अभियोगमा दोषि ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक जना बृद्धलाई १० बर्ष कैद र पीडितलाई एकलाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।
जिल्ला न्यायाधिस टेकनारायण कुँवरको ईजलासले मकवानपुर भार्ता गाबिस वडा नंम्बर ९ बस्ने ६५ बर्षिय वीरबहादुर थिङलाई सजायँ दिएको हो ।
थिङले स्थानीय सात बर्षिय बालिकालाई गोठालो गएको मौका छोपी भार्ताको रातोमाटे जंगलमा गत भदौ ३ गते बलात्कार गरेकाले १० बर्ष कैद र एक लाख रुपैया क्षतिपूति भराउने फैसला गरेको जिल्ला अदालत मकवानपुरका श्रेष्तेदार कोशलेश्वर ज्ञवालीले बताउनुभयो ।
0 comments:
Post a Comment