११ औ आहा रारा गोल्डकप भोली देखि ( खेल तालीका सहित )



भोलिदेखि पोखरामा सुरु हुने ११ औ आहा रारा गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ ।  सार्बजनिक तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा भोलि  सामसुङ जावलाखेल युथक्लब र धरान फुटबल क्लबबिच प्रतिश्पर्धा हुनेछ । प्रतियोगितामा समूह ए अन्तर्गत भारतको गोर्खा ब्रिगेड फुटबल टिम, जावलाखेल युथ क्लब, धरान फुटबल क्लब, आरसिटी, साउर्थन समिति एफ्सी भारत र थ्रिस्टार छन् भने समूह बी अन्तर्गत नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी, फ्रेण्ड्स क्लब, आयोजक सहारा, मछिन्द्र क्लब र मनाङ मस्र्याङ्गदी क्लब छन् । प्रतियोगितामा पुलिस क्लब, थ्रिस्टार, मनाङमस्र्याङदी र भारतको गोर्खा ब्रिगेटले वाई पाएर सिधै अन्तिम ८ मा स्थान बनाएका छन् ।  
 
प्रतियोगिता अन्तर्गत माघ १० गते आर्मी र फ्रेण्ड्स क्लब, ११ गते भारतको साउथन समिति फुटबल क्लब र रानी पोखरी कर्नर टिम आरसीटी,  १२ गते आयोजक सहरा क्लब र मछिन्द्र फुटबल क्लबबिच प्रतिश्पर्धा हुनेछ । त्यस्तै माघ १३ गते भारतको गोर्खा ब्रिगेड फुटबल क्लब संग जावलाखेल र धरानबिच हुने खेलको बिजेताले प्रतिश्पर्धा गर्नेछ । १४ गते नेपाल पुलिस क्लब संग आर्मी र फ्रेण्ड्स बिचको बिजेताले प्रतिश्पर्धा गर्नुपर्नेछ । माघ १५ गते थ्रिस्टार क्लबले साउथन समिति भारत र आरसीटीको बिजेता संग खेल्नेछ । यसैगरी माघ १६ गते लक्ष्मी हुण्डाई मनाङ मस्याङदी क्लबले आयोजक टिम र मछिन्द्रबिचको खेलको बिजेतासंग प्रतिश्पर्धा गर्नेछ । 
 
प्रतियोगिताको पहिलो सेमिफाईनल खेल माघ १७ गते र १८ गते दोस्रो सेमिफाईनल खेल हुनेछ । प्रतियोगिताको फाईनल खेल माघ २० गते हुनेछ ।  यसैबिच प्रतियोगिताको प्रचारप्रसारको लागि पोखरामा आज मोटरसाईकल ¥याली निकालिएको छ । पोखरा रगशालाबाट सुरुभएको ¥याली नगरक्षेत्रका बिभिन्न स्थानको परिक्रममा गरि पुन ः पोखरा रंगशालामै पुगेर टुङ्गिएको थियो । प्रतियोगिताको बिजेताले मोफसलकै सर्बाधिक ३ लाख ५१ हजार पुरस्कार हात पार्नेछ । 


0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger