हत्या प्रकरणमा प्रशासन र पीडित पक्षबीच दिनभर चलेको वार्ता पछि ६ बुँदे सहमति भएको थियो। इलाका प्रहरी कार्यालय रामपुरमा सोमबार बिहानदेखि भएको सर्वपक्षीय वार्तामा मृतकको शव दाहासंस्कार गर्ने सहमति भएको हो। दाहसंस्कार गरिसकेपछि मात्रै प्रशासनले कर्फ्यु हटाउने सहमति गरेको थियो। पाल्पाका प्रहरी प्रमुख डिएसपी स्थानेश्वर रेग्मीले दाहसंस्कार पछि वेलुकाबाट कार्फ्यु हटाइएको बताए।
सहायम प्रमुख जिल्ला अधिकारी नवराज वरालको नेतृत्वमा भएको वार्तामा पीडित पक्ष, स्थानीय राजनीतिक दलका प्रतिनिधि, महिला समुह, स्थानीय क्लब तथा संघसंस्थाका प्रतिनिधि र मानवअधिकारवादीको सहभागिता थियो। सोमबार पनि दिनभर रामपुरमा आक्रोशित स्थानीयले नाराबाजी गर्दै प्रदर्शन गरेका थिए।
पुस ४ गतेदेखि बेपत्ता रामपुर ५ की सोनु श्रेष्ठको शव शनिबार बिहान ११ बजे कालीगण्डकी किनारमा भेटिएको थियो। हत्या प्रकरणलाई लिएर केहिदिन यता रामपुरमा दैनिक विरोधका कार्यक्रम भएका थिए। आईतबार स्थानीयले प्रहरी कार्यालय नियन्त्रणमा लिएर तोडफोड र आगजनी गरेका थिए। प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा सोनुका पति ओम श्रेष्ठ र उनकी जेठी पत्नी कृष्णादेवी श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान चलाएको छ।
मृतक सोनुको माईती पक्षका बाबाआमा र दाजुभाई कोहिपनि नभएकाले माईती तर्फको करिव डेढ करोड बराबरको धनसम्पत्ति र जग्गा रहेकोले उक्त सम्पत्तिमा पति ओम श्रेष्ठले आँखा गाडेको पीडितका आफन्तको आरोप छ। सोनुले पति ओमले पटकपटक यातना दिने गरेको दुखेसो माईतीमा गएर पीडा पोख्ने गरेकी मृतककी दिदी निर्मला कुँवरले बताईन। मृतकक सोनुका ९ बर्षको छोरा र ७ बर्षकी छोरी छिन्। पुस ४ गतेदेखि वेपत्ता सोनुको शव शनिबार बिहान ११ बजे कालिगण्डकी किनारमा बोरामा कोचिएको अवस्थामा फोला परेको थियो। मृतकका आफन्त र स्थानीयले उनको हत्यामा पति ओम श्रेष्ठ संलग्न रहेको र उनलाई कारवाही गर्नु पर्ने भन्दै प्रदर्शन गरेका थिए। बेपत्ता भएकी उनको खोजि गर्न माईती पक्ष र स्थानीयले पटकपटक किटानी जाहेरी दिदासमेत प्रहरीले अनुसन्धानमा आलटाल गरेको भन्दै प्रदर्शन गरिएको थियो ।
News source : http://dainikpatrika.com/
0 comments:
Post a Comment