फुटबल मैदानको हिंसाका दोषी २१ लाई मृत्युदण्ड

काठमाण्डौ,माघ १३ । 
फुटवल मैदानमा भएको हुलदंगामा दोषी ठहर गर्दै इजिप्टको एक अदालतले २१ जनालाई मृत्युदण्डको सजायँ सुनाएको छ । सन् २०१२ को फेब्रुअरीमा फुटबल मैदानमा दंगा गरेको र विपक्षी समर्थकमाथि आक्रमण गरेको अभियोगमा दोषी पाईएपछि उनीहरुलाई मृत्युदण्डको सजायँ सुनाएको हो ।

इजिप्टको पोर्ट सेयद टेडियममा स्थानीय अल माश्री क्लव र कायरोको अल आहली क्लवबीच लिग खेल भैरहेका बेला भएको हुलदंगामा ७४ जनाको ज्यान गएको थियो । अल माश्री  क्लवका समर्थकहरुले विपक्षी समर्थकलाई ढुंगामुढा गर्नुका साथै अल आहली क्लवका खेलाडीलाई लखेट्न मैदानमै प्रवेश गरेका थिए । अदालतका न्यायाधिसले अरु ५२ जना आरोपी माथिको फैसला भने मार्च ९ तारिखमा सुनाउने बताएका छन् । 

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger