२ टाउको र हात भएको शिशु जन्मियो


१५ माघ, बैतडी । डोटीमा सोमबार २ ओटा टाउको र ४ ओटा हात भएकी एक शिशुको जन्म भएको छ । डोटीको लामिखाल ४ घर भएकी १९ बर्षिया पार्वती भाटका कोखबाट साढे ७ हफ्ताको यस्तो अनौठो शिशुको जन्म भएको जिल्ला अस्पताल डोटीले जानकारी दिएको छ ।
सुत्केरीको अवस्था जटिल भएपछि अप्रेशन गरि आज अपरान्ह ४ बजेर २० मिनेटमा जिल्ला अस्पताल डोटिमा शिशुको जन्म भएको हो ।
नवजात शिशुले कुनै बेला एक टाउको र कुनै बेला अर्को टाउकोको माध्यमबाट श्वास फेर्ने गरेको र उनको बाँच्ने सम्भावना कम भएको अस्पतालका डक्टर सन्दिप श्रेष्ठले जानकारी दिनुभयो ।

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger