डोटीमा बस दुर्घटना २४ जनाको मुत्यु, १० घाईते


२८ पुस, डोटी । डोटीमा भएको यात्रुबाहक बस दुर्घटनामा २४ जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । अछामको जैगडबाट कैलालीको टीकापुरका लागि छुटेको कर्णालि रिभरको ना ४ ख ३६०३ नम्बर को बस डोटी छतीवन गाबिसको रुपसकाँडामा दुर्घटना हुँदा मृत्यु भएका मध्ये २४ जनाको शव फेला परेको डीआईजी सुशील बर्सेन थापाले जानकारी दिनुभयो । मृतकको परिचय खुल्न सकेको छैन् ।
दुघटनामा घाइते भएका मध्ये ४ जनालार्इ एम्बुलेन्सबाट अस्पताल लैजादै गरेको र ६ जनालार्इ सडकमा ल्याउने कार्य जारी रहेको थापाले बताउनुभयो ।
बस बुडर बजारबाट ७ किलोमिटर टाढा रुपसकाँडा राती साढे २ बजे दुर्घटना भएको हो । बस सडक बाट ३ सय मिटर तल खसेको छ । सडकमा परेको तुसारोमा चिप्लिएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

डाउनलोड गर्नुहोस

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger