एसएलसीको नतिजा अब राष्ट्रिय पत्रिकामा नआउने


२८ पुस, काठमाण्डौं । अवदेखि एसएलसी परीक्षाको नतिजा राष्ट्रियस्तरका पत्रिकामा प्रकाशित नहुने भएको छ । टेण्डरमार्फत राष्ट्रिय दैनिक पत्रिकामा नतिजा प्रकाशन गर्ने हुँदा बर्सेनि लाखौं रुपैयाँ खर्च हुने गरेको र पत्रिका भन्दा पहिले नै अन्य सञ्चार माध्यमबाट विद्यार्थी तथा अभिभावकहरुले नतिजा सहज रुपमा थाहा पाइसक्ने भएकाले राष्ट्रियस्तरका दैनिक पत्रिकामा नतिजा प्रकाशन नगर्ने निर्णयमा सरकार पुगेको खबर गोरखा पत्रले छापेको छ ।
परीक्षा नियन्त्रक खगराज बरालले नतिजा प्रकाशित भएका पत्रपत्रिका समयमा विद्यार्थीको हातमा नपुग्ने र घटाघटको टेण्डर गर्दा देशभरि सञ्जाल नपुगेका पत्रपत्रिकाले छाप्ने जिम्मेवारी पाउने गरेको बताउँदै भन्नुभयो ‘बिहीबार बसेको एसएलसी परीक्षा बोर्डको बैठकले टेण्डरमार्फत पत्रपत्रिकालाई नतिजा छाप्ने जिम्मेवारी नदिने निर्णय गरेको छ ।’


डाउनलोड गर्नुहोस

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger