‘हालसालै समाचारमा आएको महिला हिंसाका कुरालाई लिएर विवाद उठिरहेको छ । म आफु पनि एउटा चेली भएको नाताले नेपाल अब नारीहरुका लागि सुरक्षित ठाउा नभएको भन्ने निष्कर्षमा म पुगिसकेको छु । सीता राई, सरस्वती सुवेदी, चोरिमाया महर्जन र भर्खरै मात्र लाहान सिरहामा एक जना बहिनीलाई आफ्नै नाता पर्ने र चिनेका दुईजनाले गरेको बलात्कार ले हामी सबै नेपाली नारीमा नेपालको कानुनबाट विश्वास उडेको छ ।
यति दिन हुँदा पनि कारबाही नभएको र बलात्कारको बिषयमा कडा कानुन नभएको देखेर कारबाही नभएको दखेर राष्ट्रलाई झक्झकाउन मन लाग्यो । तपाईहरुका चेलीबेटी हुन् यिनी, तपाई आफ्नै सन्तानलाई यस्तो भएको भए ती मानिसहरुलाई बााकी राख्नुहुन्थ्यो होला र ? देशको प्रगतिलाई आत्मसात गरेर हिाड्नुहोस अब, सत्ताको पछि नलाग्नुहोस् । तपाई प्रधानमन्त्री भएदेखि धेरैको मनमा आशा जागेको थियो, त्यसलाई विलीन हुन नदिनुहोस् । नेपाल आमालाई नरुवाउनुहोस्, बिन्ती छ । र, अहिले जगन्य अपराध व्यक्तिलाई कडा भन्दा कडा सजाय दिनुहोस् र महिला हिंसा र बलात्कार गर्नेलाई कडा सजाय दिन नियम बनाउनुहोस् र लागु गर्न लगाउनुहोस् । अनि मात्र हामी तपाई र अरु पार्टीमा अनि नेपाल एउटा सुरक्षित ठाउा हो भन्ने विश्वास गर्छौ ।
जय नेपाल
कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !

0 comments:
Post a Comment