Tuesday
January 22

पुरुषको हातका औंलाबाट पत्ता लाग्छ लिंगको साइज


पुरुषको हातका औंलाले लिंगको आकालाई प्रतिविम्बित गरिहेको हुन्छ भन्ने कुराको रहस्य उजागर गरेको एक अनुसन्धानले सार्वजनिक गरेको छ ।दक्षिण कोरियामा गरिएको यो अध्ययन एसियन जर्नल अफ एन्ड्रोलजीमा प्रकाशित छ ।त्यहाँको गिल अस्पतालको युरोलजी विभागले आफ्नो रिपोर्टमा के भनेको छ भने तपाईंको साइँली औंलो चोर औंलोको तुलनामा लामो छ भने तपाईंको लिंगको स्ट्रेच लेन्थ बढी हुन्छ । जस्तो, साइँली औंलो (रिङ फिंगर) को दाँजोमा चोर औंलो (इन्डेक्स फिंगर) सानो भएका पुरुषहरूको लिंग ठूलो हुन्छ ।पहिलेपहिले भएका अध्ययनहरूमा समेत औंला र लिंगबीचको स्पष्ट सम्बन्ध रहेको संकेत गर्ने गरिएको थियो ।त्यस्ता केही अध्ययनमध्ये एउटामा उल्लेख थियोः जन्मभन्दा अघि टेस्टास्टेरोन हार्मोनले औंलाको विकाससँगै लिंगको लम्बाइलाई पनि निर्धारण गर्छ । एउटा अध्ययनमा लिंगको लम्बाइको तुलना दाहिने हातको दोस्रो र चौथो औंलाबीचको लम्बाइको अन्तरसँग गरिएको छ । पहिले गरिएको अध्ययनमा के समेत पाइएको थियो भने दाहिने हात टेस्टास्टेरोनलाई प्रभावित गर्ने विषयमा बढी संवेदनशील छ ।यो अध्ययनमा इन्डेक्स फिंगरको लम्बाइ रिङ फिंगरसँग घटाइयो । उक्त अध्ययनअनुसार, यी दुईबीचको लम्बाइ अनुपात जति कम हुन्छ लिंगको लम्बाइ त्यति नै बढी हुन्छ । यसअघि पुरुषको औंलाका बारेमा जुन अध्ययन गरिएको थियो त्यसलाई क्यान्सरको खतरासँग जोडेर सार्वजनिक गरिएको थियो । अध्ययनमा भनिएको थियो, जुन पुरुषको चोर औंलो ठूलो हुन्छ तिनलाई प्रोस्टेट क्यान्सरको खतरा कम हुन्छ ।

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger