राष्ट्रपतिले दिएको सातौ पटकको समयसीमा १ दिन बाँकी


काठमाडौ, पुस १९ – राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि दिएको सातौं पटकको समयसीमा सकिन एकदिन मात्र बाँकी रहँदा दलहरु बिहीबार छलफलमा जुट्ने तयारी गरेका छन् ।
तर छलफलको समय भने टुंगो लागेको छैन ।
राष्ट्रपतिले सहमतिको सरकार गठन गर्नका लागि दिएको छैठौ पटकको समयसीमामा पनि दलहरुले सहमति जुटाउन नसकेपछि पुस १५ गते सातौ पटकका लागि ५ दिनको समयसीमा दिनुभएको थियो । तर शुक्रबार समयसीमा सकिने भएपनि यसबीचमा दलहरु एकपटक पनि संयुक्त छलफलमा बसेका छैनन् ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको नेतृत्वका लागि कांग्रेस र माओवादी बाहेकको तेस्रो विकल्पमा जानुपर्ने प्रस्ताव गरेपछि बुधबार बसेको कांग्रेस र एमालेको बैठकले यसलाई नमान्ने निर्णय गरेको थियो ।
कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !

0 comments:

Post a Comment

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. kgcvideo - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger