- सोमबार मध्यराति अज्ञात समूहले सप्तरीको जण्डौल गाविसमा भट्टराई दम्पतिको हत्या भउपछि त्यहाँको सिंगो टोल पलायन भएको छ। हत्यापछि त्रासले टोलवासी पलायन भएका हुन् ।हिजो बिहानैबाट त्यहाँका बासिन्दाहरु टोल छोड्न थालेको प्रहरीले जनाएको छ।
भट्टराईको हत्यापछि विस्थापित भएको सिङ्गो गाउँ अहिले मसानघाट जस्तै बनेको छ गाउँ विस्थापित भएको तस्बिर लिन जाँदा त्यहाँ कसैको पनि उपस्थिति थिएन। जण्डोल गाविस ८ स्थित महुली खोलाको किनारमा चुरे क्षेत्रमै बसोवास गर्दै आएका ४० वर्षीय डम्बर भट्टराई र नीजकी ३५ वर्षीया श्रीमती कौशल्यालाई अज्ञात समूहले घाँटी रेटी निर्मम हत्या गरेको थियो ।
उक्त टोलमा झण्डै ६ परिवारको ४० जना भन्दा बढी बस्दै आएको थियो। उक्त टोलमा उषा शाह, धिरेन्द्र शाह, मोहन मगर सहितका परिवारको बस्थे ।
यता मृतकका आफन्तहरु बुधबार नै जण्डौलस्थित घरजग्गा सहितका सम्पत्ति बेचेर त्यहाँबाट हिँडेका स्थानीय सञ्चारकर्मी रामनाथ चौधरीले जनाएका छन् । बकधुवा ६ का मोहम्मद होरिललाई मृतक भट्टराईका आफन्तजनले पचास हजार रुपैयाँमा सो घर बिक्री गरेका हुन्।
मंगलवार राति भट्टराईको घरबाट केही थान काठ चोरी भएपछि घर बिक्री गर्नुपरेको मृतकका साली विणा लामिछानेले बताइन्। 'भिनाजुको घरमा रहेका १२ थान बाख्रा र एउटा गाइलाई हेरचाह गर्न सितापुर निवासी मृतककी बहिनी रमा पौडेलको जिम्मा लगाइदिएको छु', विराटनगर बरगाछी निवासी लामिछानेले भनिन्, 'यता हेर्ने कोही नभएको र एक दिनमै समान चोरिने थालेपछि बिक्री गर्नुपर्योव।'
यता आमाबुवाको एकैसाथ हत्या भएपछि अवोध छोराछोरीहरुको बिजोग भएको छ। १५ वर्षीय छोरा दिपेश, ११ वर्षीया छोरी दिपिका र ९ वर्षीय छोरा दिनेश विचल्लीमा परेका छन्।
एक संदिग्ध पक्राउ, हत्याको कारण खुलेन
भट्टराई दम्पतिको हत्यामा संलग्न रहेको आरोप सप्तरी प्रहरीले एक संदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले यस सम्बन्धमा केही जानकारी नदिएपनि प्रहरी स्रोतका अनुसार एक संदिग्ध व्यक्तिलाई सप्तरी प्रहरीले मंगलबार नै पक्राउ गरेको छ।
घटना घटेको क्षेत्र हेर्ने इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेन्द्र बस्नेतले घटनाको तिब्रताका साथ अनुसन्धान भइरहेको बताए। 'हामीले गम्भिरताका साथ अनुसन्धान र घटना संलग्न भएकाहरुको खोजी गर्दै आएको छौं । चाँडै अपराधीलाई पक्राउ गरेर सार्वजनिक गर्नेछौं।'
भट्टराई दम्पतिको हत्या भएको हिजो तीन दिन बित्दा पनि कसले, किन हत्या गरेको सम्बन्धमा केही खुल्न सकेको छैन। भट्टराई दम्पतिको हत्यामा केही वन रक्षक र काठ तस्करको संलग्न रहेको आशंका गरिएपनि त्यसबारे सप्तरी प्रहरीले केही तथ्यगत जानकारी दिन सकेको छैन।
भट्टराई दम्पतिको हत्या भएको दिन शम्भुनाथ रेञ्ज पोष्टका फरेस्टर मोहम्म जिवरिलको नेतृत्वमा आठ जना वन रक्षकहरुको टोली भट्टराईको घरतर्फ गएको थियो। वनरक्षकहरुको टोलीले भट्टराईको घरबाट कुखुरा लिएर गएको जानकारी स्थानीयहरुबाट आउनुले वनरक्षकहरुलाई सप्तरी प्रहरीले निगरानीमा राखेको छ। तर, एकिन जानकारी प्रहरीले केही दिन सकेको छैन।
सोमबार साँझ शम्भुनाथ रेञ्ज पोष्टका फोर्सेटी मो. जिवरिलको नेतृत्वमा जमदारहरु बसन्तकुमार यादव, महिनारायण साह, भोला साह, रामनारायण यादव, कमानन्द मण्डल, शुभनारायण मण्डल र विनोदकुमार यादव जंगलतर्फ गस्तीमा खटिएका थिए।
Source:- Nagariknews
कृपया यहाँ तल दिइएको बक्स मा क्लिक गर्नु होला !

0 comments:
Post a Comment